Like us!
Follow us!
Connect us!
Watch us!

पानी प्रदुषित हुदा बिरामी बढे : प्रदुषित पानीका कारण उत्पन्न हुने रोग़हरु

रबिन दङगाल

बुधबार, २५ असार २०७६, १० : ५९ मा प्रकाशित

पानी प्रदुषित हुदा बिरामी बढे : प्रदुषित पानीका कारण उत्पन्न हुने रोग़हरु

अर्थ संसार, काठमाडौँ - दुषित पानीका कारण झाडावान्ता हुने, पेट दुख्ने, ज्वरो आउने, दिसामा रगत देखिने गर्दछ । झाडावान्ताका कारण शरीरमा पानीको मात्रा कम भएपछि मिर्गाैलामा समेत असर पर्न सक्छ । झाडावान्ताले शरीरमा हुने पौष्टिकतत्व र पानीको मात्रा घट्न गई मिर्गौलामा असर पर्दछ भने रक्तचाप कम हुने गर्दछ ।

वर्षात् शुरु भएसँगै दुषित पानीका कारण रोग देखा पर्न थालेको छ । सरकारी अस्पतालमा दैनिक झाडावान्ताका बिरामी आउन थालेका छन् । निजी अस्पतालमा पनि यस्ता बिरामीको सङ्ख्या बढ्न थालेको छ ।सरकारी अस्पतालमा  एक सातायता दैनिक सात-आठ झाडावान्ताका बिरामी आउन थालेका छन्। निजी अस्पतालमा पनि झाडावान्ताका बिरामी आउन थालेका छन् । 
सङ्क्रमित पानीमा टाइफाइडको किटाणु पनि हुने हुनाले त्यस्तो पानीले टाइफाइडको ज्वरो आउन सक्छ। यस्तो ज्वरो आउँदा टाउको दुख्ने गर्दछ । बाहिरको पानी प्रदुषित हुनसक्ने भएकाले उमालेर चिसो बनाएर पानी पिउन बिग्यको  सुझाव छ । नउमालेको फ्रिजमा राखेर चिसो बनाएको पानीमा किटाणु रहन सक्छ। 

तीस सेकेण्डसम्म साबुन रहने गरी हात धोएर खाना ओसारपसार गरेमा खानेकुराबाट सर्ने ३३ प्रतिशत रोग कमी हुन सक्छ । पानीकै कारण देशमै समय–समयमा रोगको महामारी हुने गरेको छ । 

२४सै घण्टा खानेपानी उपलब्ध नहुने हुँदा पाइप खाली हुँदा ढल वा प्रदुषित पानी पस्न सक्ने सम्भावना रहेको छ । 

दुषित पानी पिउन वा खाना बनाउन प्रयोग गरिएमा विभिन्न किसिमका ब्याक्टेरिया, प्रोटोजोवा, भाइरस तथा अन्य जीवाणुले मानव शरीरमा प्रवेश पाउँछन् र रोगहरू सार्दछन् । पानीको स्रोतमा जाँच गर्दा ‘कोलिफर्म’ ब्याक्टेरिया भेटिएमा उक्त पानी पिउनका लागि तथा खाना बनाउन उचित नहुने चिकित्सक बताउँछन् । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको