Like us!
Follow us!
Connect us!
Watch us!

तीन अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति रोक्का : २४८ जनाको शव फेला परिसकेको र अरु २३ जना हराइरहेका

रबिन दङगाल

बुधबार, २५ असार २०७६, १२ : २४ मा प्रकाशित

तीन अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति रोक्का : २४८ जनाको शव फेला परिसकेको र अरु २३ जना हराइरहेका

अर्थ संसार, ब्राजिली– ब्राजिलको सर्वाधिक ठूलो भेल नामको खानी उद्योगको बाँध भत्किएर पीडित भएकाहरुका परिवारलाई जरिवाना तिर्न यहाँको एक अदालतले आदेश दिएको छ ।

गत जनवरीमा भएको भिषण दुर्घटनामा २५० जनाभन्दा बढी कामदारको मृत्यु हुनुका साथै भौतिक संरचनामा व्यापक क्षति पुगेको थियो ।

न्यायाधीश एल्टोन पुपो नोगुराले जारी गर्नुभएको आदेशमा भेलले जनधनको क्षतिबापत क्षतिपूर्ति तिर्नुपर्ने उल्लेख छ, तर आदेशमा रकम तोकिएको छैन ।

बाँध भत्किएर भएको नोक्सानी स्वरुप मानिसको जीवन मात्र गएको छैन, यसबाट वातावरणीय असरका साथै आर्थिक क्षति पनि समावेश छ, अदालतको आदेशमा भनिएको छ ।

बाँध भत्किएर पुगेको क्षतिका बारेमा कम्पनीका तर्फबाट प्रतिवाद नगरिएको अदालतले जनाएको छ ।

गत जनवरी २५ मा ब्राजिलको मिनास गराइज राज्यको ब्रुमाडिन्होमा भेल कम्पनीको बाँध भत्किएको थियो । बाँध भत्किएपश्चात बगेको लेदो माटोले नजिकका घर, खेत र सडक समेतमा व्यापक क्षति पुगेको थियो ।

उक्त दुर्घटनाका कारण हालसम्म २४८ जनाको शव फेला परिसकेको र अरु २३ जना हराइरहेका छन् ।

दुर्घटना पश्चात् ब्राजिली न्यायिक अधिकारीहरुले भेल कम्पनीको करिब तीन अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति रोक्का गरेका छन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको