Like us!
Follow us!
Connect us!
Watch us!

अमलाको आरन गजल संग्रह सार्वजनिक

मंगलबार, २५ माघ २०७३, १२ : १७ मा प्रकाशित

अमलाको आरन गजल संग्रह सार्वजनिक

अर्थ संसार
काठमाडौँ–गजलकार अमला अधिकारीको तेस्रो गजल सङ्ग्रह आरन राजधानीमा सार्वजनिक गरिएको छ । यसअघि गजलकार अधिकारीको अमला (२०६८) र आगो (२०६९) मा प्रकाशित भएका थिए । गजलसङ्ग्रह अमलाले मधुवन वर्ष पुरस्कारसमेत प्राप्त गरेको थियो ।

गजलकार शीतल कादम्बिनी, राबत, बाबु त्रिपाठी, अमला अधिकारी र प्रकाशक पुष्पराज पौडेलले संयुक्त रुपमा गजल सङ्ग्रह आरन सर्वनाम थियटरमा सार्वजनिक गरेका थिए । आरन शिखा बुक्सले प्रकाशन गरेको हो ।

कार्यक्रममा गजलकार अमलाले छ वटा गजल वाचन गरेकी थिइन् । कार्यक्रममा आरनबाट विपीन सलामी र ललित सादाले गजल वाचन गरेका थिए । कार्यक्रममा गजल सुन्न उपस्थित दर्शकको आग्रहपछि गजलकार अमलले थप दुई गजल वाचन गरेकी थिइन् ।

पछिल्लो पुस्ताकी शसक्त गजलकारका रुपमा अमलाको उपस्थिति भएको चर्चा गर्दै गजलकार शीतल कादम्बिनीले ‘अमलाको आरनमा आगो मात्र होइन आगोको भट्टिनै पाइने’ बताइन् । उनले अमलाको गजल पढ्दा आफैँलाई लोभ लाग्ने विचार ब्यक्ति गरिन् ।

कार्यक्रममा गजलकार राबत, रुपक बनवासीले नेपाली गजलमै शसक्त लेखिकाको उपस्थिति भएको चर्चा गरे । सिन्धुलीको बाहुनतिल्पुङ–९ की अमला कविता तथा निवन्ध लेखनमा पनि उत्तिकै सशक्त छिन् । सहरको साहित्यिक माहौलभन्दा टाढा गाउँमा बसेर पित्तलै भए पनि सक्कली पित्तल बन्न चाहेको बताइन् ।
 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको