Like us!
Follow us!
Connect us!
Watch us!

भारतलाई पाखा लगाउँदै न्युजिल्यान्ड विश्वकपको फाइनलमा

बुधबार, २५ असार २०७६, १९ : ४३ मा प्रकाशित

भारतलाई पाखा लगाउँदै न्युजिल्यान्ड विश्वकपको फाइनलमा

एजेन्सी – उपाधिको बलियो दाबेदार मानिएको भारतलाई पराजित गर्दै न्युजिल्यान्डले एकदिवसीय क्रिकेट विश्वकप २०१९ को फाइनलमा स्थान पक्का गरेको छ ।

बुधबार सम्पन्न सेमिफाइनल खेलमा भारतमाथि १८ रनको रोमान्चक जित निकाल्दै न्युजिल्यान्डले फाइनलमा स्थान पक्का गरेको हो । न्युजिल्यान्डले अब उपाधिको लागि १४ जुलाईमा अष्ट्रेलिया र इंग्ल्यान्डबीचको सेमिफाइनलको विजेतासँग खेल्ने छ । २ सय ४० रनको विजयी लक्ष्य पछ्याएको भारतले अन्तिम ओभरमा अलआउट हुनुअघि २ सय २१ रन बनायो ।

चौथो ओभरमा नै आफ्ना प्रमुख तीन ब्याट्सम्यान गुमाएको भारतले तल्लोक्रममा राम्रो ब्याटिङ गरेपनि जित दर्ता गर्न सकेन । कप्तान विराट कोहलीसँगै ओपनरद्वय रोहित शर्मा र केएल राहुललाई समान १ रनमा गुमाएपछि भारत संकटमा परेको थियो ।

दोस्रो ओभरको तेस्रो बलमा म्याट हेनरीले ओपनर रोहित शर्मालाई विकेटकीपर टम लेथमबाट १ रनमा क्याच आउट गराए । तेस्रो ओभरको चौथो बलमा कप्तान विराटलाई टेन्ट बोल्टले १ रनमा एलवी डब्लू आउट गरे । लगत्तै म्याट हेनरीले विकेटकीपर लेथमबाट ओपनर के एल राहुललाई १ रनमा क्याच आउट गराएपछि न्युजिल्यान्डले खेलमा पकड जमाएको थियो ।

त्यस्तै १० ओभरको अन्तिम बलमा म्याट हेनरीले दिनेश कात्तिकलाई ६ रनमा क्याच आउट गराए । जेम्श निशमले उत्कृष्ट एक हातले क्याच आउट गराउनु अघि उनले २५ बलमा १ चौका प्रहार गरे । पाँचौ विकेटका लागि हार्दिक पान्ड्या र ऋषभ पन्तले ४७ रनको साझेदारी गर्दै केहि आसा देखाएका थिए ।

२३ औं ओभरको पाँचौ बलमा मिचेल सान्टनारले कोलिन डी ग्राण्ड होमबाट क्याच गराउँदै पन्तलाई ३२ रनमा आउट गरेपछि भारतको जितको सम्भावना झिनो मात्रै देखिएको छ । पन्तले ६२ बलमा ४ चौका प्रहार गरे । सान्टनारले नै हार्दिक पान्ड्यालाई ३१ ओभरको तेसो बलमा ३२ रनमा क्याच आउट भएपछि भारत ९२(६ को कमजोर अवस्थामा पुगेको थियो ।

सातौं विकेटका लागि महेन्द्रसिंह धोनी र रविन्द्र जडेजाले १ सय १६ रनको साझेदारी गर्दै जितको संभावना कायमै राखेका थिए । तर बोल्टले ४८ ओभरको पाँचौ बलमा रविन्द्र जडेजालाई ७७ रनमा कप्तान केन विलियमसनबाट क्याच गराउँदै शतकीय साझेदारी तोडेपछि भारतको जितको संभावना सकिएको थियो । जडेजाले ५९ बलमा समान ४ चौका र छक्का प्रहार गरेपछि खेलमा रोमान्चकता थपिएको थियो । महेन्द्र सिंह धोनीले ७२ बलमा १ चौका र छक्का सहित ५० रन जोडे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको