Like us!
Follow us!
Connect us!
Watch us!

संसारकै सबैभन्दा ज्येष्ठ प्रधानमन्त्री महाथिर मोहम्मदले मनाए ९४औँ जन्मोत्सव

मिलन खड्का

विहीबार, २६ असार २०७६, ०७ : २५ मा प्रकाशित

संसारकै सबैभन्दा ज्येष्ठ प्रधानमन्त्री महाथिर मोहम्मदले मनाए ९४औँ जन्मोत्सव

अर्थ संसार, मलेसिया- मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले बुधबार ९४औँ जन्मोत्सव मनाउनु भएको छ ।

अहिले सरकारको नेतृत्वमा रहेका नेताहरूमध्ये उहाँ सम्भवतः संसारकै सबैभन्दा ज्येष्ठ सरकार प्रमुख हुनुहुन्छ । उहाँ अहिले दोस्रो चरणको राजनीतिक जीवनमा मलेसियाको प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको हो ।

गत मेमा भएको निर्वाचनमा उहाँको गठबन्धनले विजय हासिल गरेपछि उहाँ फेरी प्रधानमन्त्री बन्नु भएको हो । यसअघि उहाँले प्रधानमन्त्री भएका बेला देशका लागि अविस्मरणीय योगदान गरेर सक्रिय राजनीतिबाट टाढिँदै जानु भएको थियो । तर देशमा भ्रष्टाचार र विकृति बढ्दै गएको भन्दै फेरी सक्रिय राजनीतिमा फर्किनु भएको हो ।

उहाँले आफूलाई जन्मदिनको अवसरमा शुभकामना दिने सबैप्रति धन्यवाद ज्ञापन गर्नुभएको समाचारमा जनाइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको