Like us!
Follow us!
Connect us!
Watch us!

हिमाल दोलखाको आइपिओमा लगानी पूर्व हेर्नुस यस कम्पनीको विशेषताहरु

मिलन खड्का

विहीबार, २६ असार २०७६, १५ : ३७ मा प्रकाशित

हिमाल दोलखाको आइपिओमा लगानी पूर्व हेर्नुस  यस कम्पनीको विशेषताहरु

अर्थ संसार, काठमाडौं-आइपीओको  लगानीलाई लगानीकर्ताले सबैभन्दा कम जोखिम युक्त लगानी माध्यमको रुपमा लिएको देखिन्छ । तेसैले पनि आइपीओहरुमा  लगानी इच्छुक लगानिकर्ताको राम्रै उपस्थिती हुने गरेको देखिन्छ । यस्तैमा हिजोबाट (असार २५)  बजारमा हिमाल दोलखा हाइड्रोपावर कम्पनीको साधारण शेयर (आइपिओ) खुलेको छ ।
 
कम्पनीले ७६ लाख ७२ हजार २१० कित्ता आइपिओ निश्कासन गर्न लागेको हो । यसमध्ये १ लाख ५३ हजार ४४४  कित्ता शेयर कर्मचारीका लागि, २५ हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएर बाँकी ७४ लाख ९३ हजार ७६६ कित्ता आइपिओ सर्वसाधारणलाई जारी गरेको हो  ।

आईपिओ निश्कासन बन्द मिति छिटोमा असार २९ र ढिलोमा साउन २४ गतेसम्म छ । आवेदकले न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सक्छन् । धितोपत्र निश्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड छ ।
धितोपत्र निश्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड छ ।  यसमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिन्छ ।

यस हिमाल दोलखा हाइड्रोपावर कम्पनीकोमा लगानी गर्नु पूर्व यस कम्पनीको सबल पक्ष वा यस प्रोजेक्टको विशेषताहरु हेर्नुहोस :-

  •  प्रति मेगावाट १७.१० करोड लागत

  • कम भुक्तानी अवधि

  •  परियोजना पहिले नै सञ्चालनमा

  • इलाम जिल्लाको दोस्रो ठूलो परियोजना

  • कम्पनीले निर्माण गरिरहेको अर्काे ९७ मेगावाट क्षमताको इस्वा खोला आयोजनामा हिमाल दोलखा हाइड्रोपावरको १९ प्रतिशत अर्थात ५७ करोड लगानी रहेको छ । इस्वा खोला आयोजनाको लागत प्रतिमेगावाट १० करोड रहेको छ । इस्वा खोला आयोजन सम्पन्न भई संचालनमा आएपछि कम्पनीले प्रतिवर्ष २० करोड अम्दानी हुने अनुमान गरिएको छ ।  जसबाट प्रत्यक्ष फाइदा हिमाल दोलखा हाइड्रोपावरले निश्कासन गरेको आइपीओमा  लगानी गर्ने लगानीकर्तालाई पुग्नेछ ।कम लागतमा निर्माण यसको यस हाइड्रोपावर कम्पनीको आईपीओमा लगानी गर्ने लगानीकर्तालाई निकट भविष्यमै राम्रो मुनाफा दिने देखिन्छ ।

  • ७६ लाख ७२ हजार २१० कित्ताको आइपिओ भएकोले , आफ्नो इच्छा अनुसार आवेदन दिए हुनेछ ।  मागे अनुसारको लगानी पर्ने सम्भावना धेरै छ । 

     

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको