Like us!
Follow us!
Connect us!
Watch us!

हिमालय बैंकको तीन अर्बको ऋणपत्र बिक्री हुने

रबिन दङगाल

विहीबार, २६ असार २०७६, १६ : १५ मा प्रकाशित

हिमालय बैंकको तीन अर्बको ऋणपत्र बिक्री हुने

 

अर्थ संसार,  काठमाडौँ- हिमालयन बैंकले आगामी साउन २ गतेदेखि रु तीन अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र बिक्री गर्ने भएको छ । बैंकले आज एक आह्वानपत्र सार्वजनिक गर्दै प्रतिकित्ता रु एक हजारका दरले ऋणपत्र बिक्री गर्न लागेको जनाएको हो । ऋणपत्र बिक्री बन्द छिटोमा आगामी साउन ६ र ढिलोमा साउन ३१ गतेसम्म तोकिएको छ । 

कूल बिक्री गर्न लागिएको ऋणपत्रमध्ये ४० प्रतिशत अर्थात् रु एक अर्ब २० करोड बराबर सर्वसाधारणलाई र रु एक अर्ब ८० करोड संस्थापक लगानीकर्तालाई छुट्याइएको छ । ऋणपत्र खरीद गर्न चाहनेले न्यूनतम २५ देखि अधिकतम ३० लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । ऋणपत्रको ब्याजदर १० प्रतिशत रहेको छ । सात वर्षपछि परिपक्व हुने सो ऋणपत्रबाट उठ्ने रकम बैंकले कर्जा सापटी र तरलता व्यवस्थापनमा लगानी गर्ने आह्वान पत्रमा उल्लेख छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको