Like us!
Follow us!
Connect us!
Watch us!

काबेली करिडोरमा भारतीय ठेकेदारको दादागिरी, पेटी ठेकेदारको चेक वाउन्स, उत्पादित ७३ मेगावाट बिजुली खेर

अर्थ संसार

सोमबार, ३० असार २०७६, ११ : ३१ मा प्रकाशित

काबेली करिडोरमा भारतीय ठेकेदारको दादागिरी, पेटी ठेकेदारको चेक वाउन्स, उत्पादित ७३ मेगावाट बिजुली खेर

अर्थ संसार, काठमाडौं– काबेली कोरिडोर निर्माणको ठेक्का पाएको भारतिय ठेकेदार कम्पनी Aster Teleservices Nepal (P.) Ltd. ले स्थानिय ठेकेदारहरुलाई कामबापतको रकम समयमै उपलब्ध गराउन नसके पछि अन्तिम चरणमा रहेको कोरिडोर निर्माण कार्य ठप्प भएको छ ।

कम्पनीले नेपाल विद्युत प्राधिकरणबाट ठेक्कालिएर उक्त कार्यलाई टुक्रा टुक्रा गरि स्थानिय ठेकेदारहरुलाई पेटी ठेक्काका काम लगाएको थियो ।

कम्पनीले प्राधिकरणबाट ठेक्का बापतको रकमसमय मै बुझ्ने तर कोरिडोरको निर्माण गरि रहेका स्थानिय पेटी ठेकेदार र मजदुरहरुलाई विभिन्न बाहाना देखाएरभुक्तानी नदिने गरेको उनीहरुले बताएका छन् । भारतीय ठेकेदार कम्पनीलाई भुक्तानी दिंदा स्थानीय ठेकेदार र मजदुरहरुको रकम भुक्तानीको सुनिश्चितता दिलाएर मात्र भुक्तानी गर्ने व्यवस्था मिलाउन स्थानिय ठेकेदार र मजदुरुहले परियोजना प्रबन्धकसंग पटक पटकमाग राखेकोमा उक्तमागको हाल सम्म सुनुवाई नभएको स्थानिय उनीहरुले बताएका छन ।

ठेक्काको अन्तिम भुक्तानी पाएपछि बिदेशी ठेकेदार कम्पनीले स्थानिय ठेकेदार र मजदुरहरुको पैसा नदिइ भाग्ने सक्ने र उक्त कम्पनीसंग सम्पर्क गर्न नसकिने अवस्था श्रृजना हुन सक्ने भन्दै स्थानिय ठेकेदार र मजदुरहरुको रकम भुक्तानीको जिम्मा परियोजनाका प्रबन्धकले लिनुपर्ने माग स्थानिय ठेकेदार र मजदुरहरुको रहेको छ। कम्पनीले जारी गरेका चेकहरु लगातार बाउन्स हुनथाले पछि स्थानिय ठेकेदार र मजदुरहरुले कम्पनीको नियत माथिशंका गर्न थालेका हुन। यसका अलाबा कम्पनीले २ बर्ष अघि देखि कट्टा गरेको अग्रिम कर समेत आन्तरिक राजश्व कार्यलयमा जम्मा नगरेको स्थानिय ठेकेदार र मजदुरहरुको आरोप छ ।

ठेकेदार कम्पनीले प्राधिकरणबाट कामको बीलको भुक्तानीगर्ने तर सोहि कामगर्ने पेटी ठेकेदारलाई विभिन्न बाहानामा भुक्तानीरोक्ने कार्य पटक पटकहुँदा समेत परियोजना प्रबन्धकले बेवास्ता गरेकोेस्थानिय ठेकेदार र मजुदरहरुले आरोप लगाउने गरेका छन। स्थानिय ठेकेदार भन्छन “परियोजना प्रबन्धकको ठेकेदार कम्पनीसंग मिलेमतो छ। भारतीय कम्पनीलाई काखी च्यापेर नेपालीम जदुरको घाँटी अठ्याउने कार्य परियोजनाका प्रबन्धकबाट भएको छ।उनीमाथीसरकारले कारबाहीगर्नु पर्छ” ।

सन २०१६ सम्पन्न हुनु पर्ने आयोजना हाल सम्म पनिन सकिएकाले एकातिर देशमा उत्पादित करिब  ७३ मे.वा. बिजुली खेर गइ रहेको छ भने अर्का तिर भारतबाट बिजुली खरिद गर्नु पर्ने विडम्बना रहेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको