Like us!
Follow us!
Connect us!
Watch us!

म त "बुङगा लाफा" भन्दै चर्चित गायक कमल के क्षेत्रि (भिडियो सहित)

मिलन खड्का

शनिबार, २८ असार २०७६, ०९ : २७ मा प्रकाशित

अर्थ संसार, काठमाडौं–चर्चित गायक कमल के क्षेत्रिको सुमधुर आवाजमा सन्देशमुलक नयाँ गितको म्युजिक भिडियो "बुङगा लाफा" सार्बजनिक भएको छ । बेरोजगार युवा पिडिहरुको मर्मलाई गित मार्फत पोख्दै उनले युवाहरुलाई सचेतना फैलाउने गीतको भिडियो लिएर आएका हुन् । दर्जनौ चर्चित गीतहरु सांगीतिक बजारमा पस्केर चर्चा कमाउन सफल गायक कमल के क्षेत्रिको फरकधारको गीतले सम्पूर्ण दर्शक श्रोताहरुको मन जित्नेमा उनि बिस्वस्त छन् ।

बिबेक बास्तोलाको शब्द तथा गायक कमल के क्षेत्रिको संगीत रहेको गीतलाई सुजिल कर्माचार्यले एरेन्ज गरेका छन् । सार्बजनिक भिडियोलाई अनिल के मानन्धरले छायांकन तथा निर्देशन गरेका छन् भने शिलन लम्सालले सम्पदान गरेका छन् । भिडियोमा गायक कमल के क्षेत्रिको आफ्नै अभिनय देख्न सकिन्छ ।
 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको