Like us!
Follow us!
Connect us!
Watch us!

जनकपुर डुवानमा:जनकपुरधाम उपमहानगरपालिका जलाशयमा परिणत

मिलन खड्का

शनिबार, २८ असार २०७६, ०९ : ३९ मा प्रकाशित

जनकपुर डुवानमा:जनकपुरधाम उपमहानगरपालिका जलाशयमा परिणत

अर्थ संसार, जनकपुरधाम- अविरल वर्षाका कारण जनकपुरधाम उपमहानगरपालिका जलाशयमा परिणत भएको छ । वर्षाले नगरका सडकमा तीन फिटसम्म पानी बगिरहेको छ भने उपनगरपालिकाका पच्चीसै वडाका बासिन्दाको घरघरमा पानी पसेको छ ।

घर घरमा पानी पसेका कारण जनजीवन कष्टकर भएको छ भने सडकमा आवागमनमा समस्या भइरहेको छ । पानीको निकास नभएका कारण मुख्यमन्त्री कार्यालय, विमानस्थल, अञ्चल अस्पताल, जिल्ला प्रशासन कार्यालय, जिल्ला  प्रहरी कार्यालय, वन कार्यालय, आन्तरिक राजश्व कार्यालय, राष्ट्रिय समाचार समिति, हुलाक कार्यालय, वन निर्देशनालय, जिल्ला विकास समन्वय समितिलगायतका कार्यालय डुबानमा परेको छ ।
 
वर्षाका कारण नेपाल टेलिकमको टेलिफोन र मोबाइल अवरुद्ध हुनुका साथै विद्युत् सेवा पनि बन्द भएको छ ।

 

5d295749b7d1b.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको