Like us!
Follow us!
Connect us!
Watch us!

बजारमा मंगलबार पनि निराशा, नेपाल बैंकका लगानीकर्ताले भने कमाए

मंगलबार, २५ माघ २०७३, १५ : ४८ मा प्रकाशित

बजारमा मंगलबार पनि निराशा, नेपाल बैंकका लगानीकर्ताले भने कमाए

अर्थ संसार

काठमाडौं–लगानीकर्तालाई शेयर बजारले मंगलबार पनि लगानीकर्तालाई उत्साह दिन सकेन । कारोबार सुरु भएदेखि निरंतर ओरालो लागेको बजार यस दिन अन्तिममा केही सम्हालिएर ४.२४ अंक रातो भएर बन्द भएको छ ।

नेप्से सूचक १३४४.६० अंकमा समेटिएको छ । कारोबार रकम भने अघिल्लो दिनको तुलनामाझण्डै ८ करोडले बढेको छ ।  यस दिन १ सय ३२ कम्पनीको ३१ करोड ९८ लाख रुपैयाँको शेयर किनबेच भएको छ । 

यस दिन वित्त र अन्य समुह मात्रै हरिया भए । अघिल्लो दिन जस्तै बिमा समुह २३ अंकले ओरालो लाग्यो । होटल समुह सबैभन्दा बढी ४१ अंक र बैंकिङ ५ अंकले रातै भए । 

यस दिन प्रभु बैंकको सबैभन्दा बढी २ करोड २१ लाख, नेपाल लाइफको २ करोड ७ लाख र नेपाल टेलिकमको १ करोड ९७ लाख रुपैयाँको कारोबार भएको छ । 

घटेको बजारमा मंगलबारै राम्रो मुनाफा कमाएको वित्तीय विवरण प्रकाशन गरेको नेपाल बैंक, सानिमा माइ हाइड्रो र सिनर्जी फाइनान्सका लगानीकर्ताले धेरै कमाइ गरेका छन्। उता महिला सहयात्रा, तिनाउ डेभलपमेन्ट बैंकलगायतका कम्पनीका लगानीकर्ताले धेरै गुमाएका छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको