Like us!
Follow us!
Connect us!
Watch us!
कसरी ह्याकरको पन्जा मुक्त गरियो ?

जब २ लाख १७ हजार सब्स्क्राइबर भएको यु-ट्युब च्यानल ह्याक भयो..

मिलन खड्का

मंगलबार, ३१ असार २०७६, १६ : ११ मा प्रकाशित

तपाईंको २ लाख १७ हजार सब्स्क्राइबर भएको यु-ट्युब च्यानल कसैले अचानक ह्याक गरिदियो भन्दा कस्तो पिडा हुन्छ होला? यस्तै पिडामा थिए गीतकार डी. पी. खनाल ,गायक/सङ्गीतकार शंकर थापा ‘स्माइल’ र संगीत संयोजक उदयराज पौडेल । उहाहरुको संयुक्त स्वामित्वमा सञ्चालित म्युजिक कम्पनी ‘डश म्युजिक’ को आधिकारिक युट्युब च्यानल ‘डश म्युजिक नेपाल’ एकाएक ह्याक भएको थियो  भने ह्याकरले जीमेलको पासवर्ड र च्यानलको नाम नै परिवर्तन गरेपछि संचालक त्रय अझ स्तब्ध भएका थिए l

ह्याकरका कारण आफ्नो तथा धेरै सिर्जनाकर्ताहरुको मेहनत तथा क्रियसन गुम्ने डर रहेको र लाखौं पुगेको भ्यूसको कमाइ सुरक्षित गर्न नसकेको सिर्जनाकर्ताहरुको दबाबले गर्दा आफुहरुलाई चिन्तित बनाएको खनाल बताउछन।  

हासो हराएको अनुहारमा अहिले  मुस्कान फर्किसकेको छ किनभने ‘डश म्युजिक’को आधिकारिक युट्युब च्यानल ‘डश म्युजिक नेपाल’ लाई ३५ दिनपछि ह्याकरको पन्जाबाट मुक्त भएको छ । 

च्यानल ह्याक भएपछि ‘क्रिमिनल इन्भेष्टिगेशन ब्रान्च’ { CIB } मा उजुरी दिएर पटक पटक अनुरोध गर्दापनि कुनै प्रगति नभएपछी आफूहरु युवा सङ्गीतकर्मी तथा आईटी विज्ञ राजु दंगालकोमा पुगेको र उनै राजुले यु-ट्युबसंग सिधा सम्पर्क गरी लामो समयको मेहेनत पश्चात च्याललाई पूर्व अवस्थामा जस्ताको तस्तै फर्काएको बताउछन । 

खनालको अनुसार अहिले  ‘डश म्युजिक’ को आधिकारिक युट्युब च्यानल ‘डश म्युजिक नेपाल’  ह्याकर मुक्त रहेको र अहिले युट्युबको सल्लाह अनुसार नयाँ अकाउन्टमा दर्ता गर्दै च्यानललाई अझै बलियो बनाइ सञ्चालन गरेको बताए ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको