Like us!
Follow us!
Connect us!
Watch us!

आइएमइ मोटर्स र कामना सेवाको सम्झौता

अर्थ संसार

विहीबार, ०२ साउन २०७६, १७ : ५४ मा प्रकाशित

आइएमइ मोटर्स र कामना सेवाको सम्झौता

अर्थ संसार, काठमाडौं– ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको कामना सेवा विकास बैंक लिमिटेड र आइएमइमोटर्सप्रा. लि. बीचमा व्यापार सम्झौता सम्पन्न भएको छ ।

यस सम्झौता अनुसार आइएमइ मोटर्सप्रा. लि.मार्फत सिफारिस भई अएका ग्राहकहरूले बैंकको सबै शाखा कार्यालयहरुबाट सहजर छरितो रुपमा Ashok Leyland का विभिन्न प्रकारका सवारी साधनहरुमा कर्जा सुविधा लिन सक्नेछन्। सम्झौता पत्रमा कामना सेवा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र आइएमइमोटर्सप्रा. लि.को तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत सुरज भट्टराईले हस्ताक्षर गर्नु भएको छ ।

काठमाडौं, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ९४ वटा शाखातथा ४५ वटा ATM मार्फत गा्रहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ। साथै बैंकले ABBS, SMS Banking, Mobile Banking, C-ASBA  लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको