Like us!
Follow us!
Connect us!
Watch us!

सस्तोमा सेयर किन्ने ? बोलकबोलमा आउँदैछ म्युचुअल फन्डको इकाइ

बुधबार, २६ माघ २०७३, १४ : ३४ मा प्रकाशित

सस्तोमा सेयर किन्ने ? बोलकबोलमा आउँदैछ म्युचुअल फन्डको इकाइ

अर्थ संसार

काठमाडौं–तपाईं बजार मूल्यभन्दा सस्तोमा म्युचुअल फन्डहरुको इकाइ किन्न चाहनु हुन्छ ? एनआईसी एशिया बैंकले आफ्नो स्वामित्वमा रहेको विभिन्न बैंकले ल्याएका म्युअल फन्डको इकाइ बोलपत्रमार्फत विक्री गर्दै छ ।

एनआइसीले  लक्ष्मी भ्यालु फण्ड १ को २ लाख ४३ हजार ५१ ईकाई, एनआईबीएल सम्बृद्धि फण्ड १ को ५८ लाख ४६ हजार ८ सय १०, एनएमबी सुलभ इृन्भेष्टमेन्ट फण्ड १ को ३५ लाख २० हजार ६ सय १९, , सिद्धार्थ ईन्भेष्टमेन्ट ग्रोथ १ को २ लाख ४८ हजार २ सय, सिद्धार्थ ईक्विटी ओरिएन्टेड स्किमको ५६ लाख ७५ हजार ६ सय ७, ग्लोबल आईएमई समुन्नत स्किम १ को ३७ लाख ६७ हजार २ सय ६८, एनएमबी हाईब्रिड फण्ड १ को १२ लाख ६१ हजार ९ सय १ र नबिल इृक्विटी फण्डको ८ लाख ६८ हजार ४ ईकाई विक्रीमा राखेको हो । म्युचल फन्डको इकाइको मूल्य १० रुपैयाँभन्दा बढी कबोल गर्नु पर्ने छ ।

एनआइसीले नेशनल लाईफ ईन्स्योरेन्सको ६५ हजार कित्ता सेयर पनि बोलकबोलमा राखेको छ । म्युचुअल फन्डको इकाइ र नेशनलको सेयर तीन दिनभित्र किन्न ब्यक्ति वा संगठित संस्थाहरुले आवेदन दिन सक्नेछन् । 

589add5c5acba.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको