Like us!
Follow us!
Connect us!
Watch us!

पिच भएको हप्ता दिनमै बाटो जस्ता को तेस्तै (भिडियो रिपोर्ट)

मिलन खड्का

शुक्रबार, ०३ साउन २०७६, १२ : २९ मा प्रकाशित

अर्थ संसार,काठमाडौं–ठाउँ ठाउँमा सिंहदरबार आए पनि विकास निर्माणको कार्यशैली भने परिवर्तन हुन सकेको छैन ।  वर्षभरि गर्नुपर्ने काम असार लागेपछि मात्रै हतारोमा असारमा सुरु गर्ने र बजेट सक्ने प्रवृत्ति अझ धेरै मौलाएको छ । असारमा बजेट सक्ने प्रवृति सबै भन्दा धेरै बाटो घाटो निर्माणमा भएको देखिन्छ।   

धिलै भएपनि बिकास आयो, वर्षौ देखि पिच नभएको घाम लाग्दा  धुलो र पानी पर्दा हिलो हुने बाटो असारै भएपनि पिच भएको देख्दा खुसी थिए मंगलबजारको कृष्णमन्दिर पछाडी शङ्खमूल जाने बाटोमा पर्ने कोबालका स्थानीय। बाटो पिच गर्ने क्रममा ठेकदारको हेल चक्राइ गरेको देखेर तेस्को विरोध गर्दा पनि ठेकेदारले वास्ता नगरी पेलेर काम गरेको बताउछन स्थानीय।  

बाटो पिच पनि भयो तर अहिले त्यहाँका बासिन्दा ठेकेदार र स्थानीय सरकार देखि रुष्ट छन्। बाटो पिच भएको हप्ता दश दिन नबित्दै बाटो जस्तो पहिले थियो तेस्तैमा परिणत भएको छ।       
    

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको