Like us!
Follow us!
Connect us!
Watch us!

आर्थिक वर्ष २०७५-७६ मा कूल रु ४७ अर्ब २४ करोड ३४ लाख राजश्व सङ्कलन

रबिन दङगाल

शुक्रबार, ०३ साउन २०७६, १३ : ४७ मा प्रकाशित

आर्थिक वर्ष २०७५-७६ मा कूल रु ४७ अर्ब २४ करोड ३४ लाख राजश्व सङ्कलन

अर्थ संसार, विराटनगर-  आर्थिक वर्ष २०७५-७६ मा कूल रु ४७ अर्ब २४ करोड ३४ लाख राजश्व सङ्कलन भएको कोष तथा लेखा नियन्त्रक कार्यालय विराटनगरले जनाएको छ ।

सङ्घअन्तर्गत रहेका सो कार्यालयमा अघिल्लो आवमा रु ४० अर्ब ४० करोड ४० लाख राजश्व सङ्कलन भएको थियो । 

तुलनात्मकरुपमा अघिल्लो आर्थिक वर्षभन्दा १७ प्रतिशत राजस्व बढी सङ्कलन भएको कार्यालय प्रमुख किशोर बरालले जानकारी दिए। गएको आवमा कूल रु ३० अर्ब ८४ करोड ७५ लाख वार्षिक बजेटमा रु २९ अर्ब ४४ करोड २१ लाख निकासा भएको कार्यालयले जनाएको छ । पूँजीगत रु चार अर्ब ७५ करोड ३० लाख वार्षिक बजेटमा रु तीन अर्ब ५७ करोड ७८ लाख निकासी भएर ७५ प्रतिशत प्रगति हासिल गरेको छ ।
    
चालू र पूँजीगत गरी कूल रु ३५ अर्ब ६० करोड पाँच लाखमा रु ३३ अर्ब एक करोड ९९ लाख निकासी भई ९३ प्रतिशत प्रगति हासिल भएको प्रमुख बरालले जानकारी दिए । उनले निकासा भएको बजेटमा रु १९ अर्ब प्रदेशलाई र रु छ अर्ब स्थानीय तहलाई भएको छ भने ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको