Like us!
Follow us!
Connect us!
Watch us!

कामना सेवाकोे प्रदेश ४ मा एकैसाथ २ वटा शाखा सञ्चालन

अर्थ संसार

शुक्रबार, ०३ साउन २०७६, १८ : ०८ मा प्रकाशित

कामना सेवाकोे प्रदेश ४ मा एकैसाथ २ वटा शाखा सञ्चालन

अर्थ संसार, काठमाडौं– कामना सेवा विकास बैंक लिमिटेडले प्रदेश नम्वर ४ मा एकैसाथ २ वटा शाखा कार्याल  स्थापना गरी कारोबार शुरु गरेको छ ।

बैंकले  आफ्नो सेवा विस्तार गर्ने क्रममा प्रदेश नं. ४ अन्तर्गत म्याग्दी जिल्लाको बेनी नगरपालिका वडा न. ८, बेनीबजार र नवलपरासी जिल्ला (बर्दघाट सुस्तापूर्व)गैंडाकोट नगरपालिका वडा नं. ४, बेल्डिहामाय शुक्रबार एकैसाथ कार्यालय स्थापना गरी कारोबार शुरु गरेको हो ।

यो सँगै अब बैंकको शाखा संख्या ९६ पुगेका छन् । बेनी शाखाको कारोबार शुभारम्भ बेनी नगरपालिकाका मेयर हरि कुमार श्रेष्ठ र बैंकका सञ्चालक चतुराखर अधिकारीले संयुक्त रmपमा गर्नु भएको थियो ।

कारोबार शुभारम्भ समारोहमा वडा नं. ८ का वडा अध्यक्ष रामकृष्ण बराली, म्याग्दीउद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्मचार्य र बैंकका प्रदेश नं. ४ का प्रमुख टुबराजवास्तोलालगायतकोउपस्थिति रहेको थियो ।यसैगरी गैंडाकोट नगरपालिकाका मेयर  क्षेत्रराज पौडेल र बैंकका सञ्चालक भीम प्रसाद तुलाचनले संयुक्त रुपमा बेल्डिहा शाखाको कारोबार शुभारम्भ गर्नु भएको थियो ।

काठमाडौं–३०, ज्ञानेश्वरमा आफ्नै भवनमा केन्द्रीयकार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा यी शाखा सहित ९६ वटा शाखा कार्यालयहरु तथा ४५ वटा ATM मार्फत आफना ग्राहकहरुलाई सेवा प्रदान गर्ने भएको छ । साथै बैंकले ABBS, Internet Banking, Mobile Banking V5, C-ASBA, Demat Account Opening लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थपगर्दै जाने बैंकको योजना रहेको छ ।

5d31b780c3994.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको