Like us!
Follow us!
Connect us!
Watch us!

आन्तरिक राजश्व कार्यालय महेन्द्रनगरमा ग्लोबल आइएमई बैंकको २९औं एक्सटेन्सन काउण्टर

आइतबार, ०५ साउन २०७६, १० : ५४ मा प्रकाशित

आन्तरिक राजश्व कार्यालय महेन्द्रनगरमा ग्लोबल आइएमई बैंकको २९औं एक्सटेन्सन काउण्टर

अर्थ संसार, काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले आन्तरिक राजश्व कार्यालय, महेन्द्रनगरमा एक्सटेन्सन काउण्टर सुरु गरेको छ ।

काउण्टरको आन्तरिक राजश्व कार्यालय, महेन्द्रनगरका प्रमुख कर अधिकृत लेखनाथशर्मा (पंगेनी)ले उद्घाटन गर्नु भएको छ । बैंकले सेवाग्राहीको बढ्दो चाप र बिस्तारित बैंकिङ्ग सेवाको आवश्यकतालाई मध्यनजर गर्दै एक्सटेन्सन काउण्टर सुरु गरेको हो । महेन्द्रनगरमा एक्सटेन्सन काउण्टरको उद्घाटनसँगै बैंकको एक्सटेन्सन काउण्टरको संख्या २९ पुगेको छ ।

उक्त अवसरमा बोल्दै प्रमुख कर अधिकृत शर्माले बैंकले ग्राहकको सन्तुष्टीलाई मध्यनजर गरी उत्कृष्ट सेवाप्रदान गर्न आग्रह गर्नुभयो । उहाँले सेवाग्राहीको बढ्दो चापका कारण एक्सटेन्सन काउण्टर खोलिएको जानकारी गराउनुभयो ।

ग्लोबल आइएमई बैंक महेन्द्रनगर शाखाका शाखा प्रमुख दिपेन्द्रबहादुर सिंहले बैंकले सेवाग्राहीको हितलाई ध्यानमा राखेर कामगर्ने बताउदैं प्रभावकारी सेवाप्रदान गर्ने प्रतिवद्धता समेत जनाउनुभयो ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ्गसेवाका पहुँचपुर्याउने उद्देश्यले बैंकले १३८शाखा, १४७ एटिएम, २९ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर र १६८ शाखा रहित बैंकिङ्ग सेवा, ३ प्रतिनिधि/सम्पर्क कार्यालय मार्फत आफ्ना ११ लाख भन्दा बढी ग्राहकहरुमाझ सेवाप्रदान गर्दै आइरहेको छ ।

त्यस्तैबैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्गसेवा, इन्टरनेट बैंकिङ्गसेवाको साथमा अष्ट्रेलिया, बेलायत र भारतमा प्रतिनिधि/ सम्पर्क कार्यालय स्थापना गरेर त्यहाँ रहेका नेपालीहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । 

त्यसैगरी बैंकले मलेसिया,दक्षिण कोरिया,कतार,युएई,बहराइनलगायतका मुलुकबाट रेमिट्यान्स सेवासमेत प्रदान गर्दै आइरहेको छ ।

 

5d33f5dbf2af5.jpeg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको