Like us!
Follow us!
Connect us!
Watch us!

बजार ओरालै, १३२३ मा समेटियो नेप्से

बुधबार, २६ माघ २०७३, १६ : २३ मा प्रकाशित

बजार ओरालै, १३२३ मा समेटियो नेप्से

अर्थ संसार

काठमाडौं–लगातार घटेको सेयर बजार गत साताको दुई दिन बढेर केही उकासियो । गत साताको सोमबारसम्म १३०९ अंकमा झरेको बजार मंगलबार र बुधबार दुई दिन उचालिएर १३८९ अंकमा पुग्यो ।

त्यसपछि लगातार घटेको बजारले पहिलेकै स्वरुप समातेको छ । सेयर बजार बुधबारसमेत २१.६२ अंकले घटेर सूचक १३२२.९८ अंकमा समेटिएको छ। यस दिन १३७ कम्पनीको ३४ करोड ५७ लाख रुपैयाँको सेयर किनबेच भएको छ।

यस दिन कारोबारका सबै उपसूचक रा्त्तै भएका छन्। यस दिन सबैभन्दा धेरै बिमा समह १७९ अंकले घटेको छ । यस्तै वाणिज्य बैंक समूह साँढे १८ अंक, होटल ४४.३९, विकास बैंक २०.६४, जलविद्युत २०.७२, फाइनान्स ७.७७ र अन्य ९.२६ अंकले घटेका छन्।

बुधबार प्रभु बैकको सबैभन्दा बढी २ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भएको छ। यस्तै एभरेष्ट बैंकले पनि २ करोड रुपैयाँको कारोबार गरेको छ । 

घटेको बजारमा महालक्ष्मी विकास बैकसहित १३ कम्पनीका लगानीकर्ताले केही कमाएका छन्। सुर्या लाइफ, लक्ष्मी लघुवित्तलगायत कम्पनीका लगानीकर्ताले उच्च दरमा गुमाएका छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको