Like us!
Follow us!
Connect us!
Watch us!

ब्रोकर र लगानीकर्ताबीच कारोबारको राफसाफ नगर्ने सहमति

अर्थ संसार

आइतबार, ०५ साउन २०७६, ११ : ३२ मा प्रकाशित

ब्रोकर र लगानीकर्ताबीच  कारोबारको राफसाफ नगर्ने सहमति

अर्थ संसार, काठमाडौं–   पुँजीगत लाभकर गणनामा देखिएको विवाद समस्या समधान नभएसम्म शेयर लगानीकर्ता र ब्रोकरहरु बीच  शेयर कारोबारको राफसाफ नगर्ने सहमति भएको छ । बुधबार बिहान भएको छलफलमा यस्तो सहमति बनेको हो ।

समस्या समाधानका लागि सीडीएस एन्ड क्लियरिङ लिमिटेड लगायत सरोकारवाला निकायमा दबाब दिने तयारी समेत भएको छ ।

यता, लगानीकर्ताका संगठनहरुले पनि ब्रोकर कार्यालयमा गएर फारम भर्ने तथा ल्याप्चे लगाउने कार्य नगर्न आग्रह गरेका छ । यता, ब्रोकरहरुले शेयर कारोबारको राफसाफ नगर्ने सहमति भएका बारेमा सीडीएससीलाई औपचारिक पत्र लेख्ने भएका छन् ।

शेयर लगानकिर्ताले शेयर  बेचेपछि पुँजीगत लाभकर हिसाब गरेर ब्रोकरलाई बुझाउने र फारम भरी ल्याप्चे लगाउने निर्देशन उल्लंघन गर्न लगानीकर्तालाई आग्रह गरिएको बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको