Like us!
Follow us!
Connect us!
Watch us!

काठमाडौं महलको भाडाका सम्बन्धमा लेखा समितिको चासो

अर्थ संसार

आइतबार, ०५ साउन २०७६, १८ : १४ मा प्रकाशित

काठमाडौं महलको भाडाका सम्बन्धमा लेखा समितिको चासो

अर्थ संसार, काठमाडौं– प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले सञ्चय कोषका पदाधिकारीलाई कसैको दबाबमा नपरी संस्था र सेवाग्राहीको हितलाई सर्वोपरि ठानेर काम गर्न निर्देशन दिएको छ ।

कर्मचारी सञ्चय कोष भवन बहालका सम्बन्धमा कोषका अध्यक्ष र प्रशासकसँग आज छलफलपछि समितिले घर भाडा होस् वा अरू कुनै क्षेत्रमा लगानी गर्नु परेमा संस्थाको लगानी सिद्धान्त र आधारलाई उल्लङ्घन नगर्न सल्लाह दिएको हो ।

 बैठकमा सांसद डा मीनेन्द्र रिजालले भन्नुभयो, “कोषको लगानीमा नेपाल वायु सेवा निगमले मासिकरुपमा ठूलो घाटामा रहेको अवस्थामा छ, तपाईहरुको लगानी जोखिममा पर्न सक्नेप्रति कतिको चनाखो हुनुहुन्छ, लगानीको सिद्धान्त र आधारमा ऋण प्रवाह भएको हो वा कसैको दबाबमा भएको छ रु निगम अहिले मासिक १४ करोड ७० लाख घाटामा रहेको सूचना प्राप्त भएको अवस्थामा कोषले आफ्नो रकम कसरी फिर्ता गर्न सक्छ भनी उहाँले प्रश्न गर्नुभयो ।

बैठकमा केही सांसदहरुले कूल ३७ करोड सम्पत्ति रहेको निगमलाई किन ४० अर्ब ऋण दिने काम गरियो भनी प्रश्न गर्नुभयो । कोषले माथिल्लो  तामाकोशी, रुसुवागढी र साञ्जेन, माथिल्लो त्रिशूली थ्री बी विद्युत् आयोजनामा पनि लगानी गरेको छ ।

सांसद प्रेमबहादुर आलेले लामो समयसम्म टेण्डर नगरी काठमाडौँ महल आफूखुशी भाडामा लगाउने प्रवृत्तिले संस्थाको हित हुनै नसक्ने जिकिर गर्दै भवन भाडामा लगाउने सन्दर्भमा यथाशीघ्र बोलपत्र आह्वान गर्न पदाधिकारीको ध्यानाकर्षण गराउनुभयो ।

कोषका अध्यक्ष शिशिर ढुङ्गानाले सेवाग्राहीको सङ्कलित रकम एक पैसा पनि तलमाथि हुन नपाओस् भन्नेतर्फ आफू सचेत र दृढ रहेको बताउनुभयो ।
 
प्रशासक तुलसीप्रसाद गौतमले धरहरा बनाउने क्रममा सुन्धारास्थित कोषको भवनको केही भाग भत्काउन पर्ने भएकाले त्यससम्बन्धी निर्णय भएपछि भाडामा दिन बोलपत्र आह्वान हुने जानकारी दिनुभयो ।

पहिलो पटक २०६२ सालमा बोलकबोल प्रक्रियाद्वारा भाडामा लगाइएको सुन्धारास्थित काठमाडौँ महल र वरपरका टहराबाट कोषले मासिक एक करोड ३७ लाख बहाल लिँदै आएकामा धरहरा बनाउने क्रममा टहरा हटाएपछि अहिले मासिक ९७ लाख बहाल उठाउँदै आएको जानकारी दिइयो । विचौलियाबाट पीडित भएको भन्दै महलको भाडासम्बन्धी व्यवस्थापन गर्न व्यपारीहरुले कोषलाई नै आग्रह गर्दै आएको बताइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको