Like us!
Follow us!
Connect us!
Watch us!

नबिल बैंकद्वारा रक्तदान

अर्थ संसार

सोमबार, ०६ साउन २०७६, १० : १६ मा प्रकाशित

नबिल बैंकद्वारा रक्तदान

अर्थ संसार, काठमाडौं- नबिल बैंकले आफ्नो ३५ औं वार्षिक उत्सव मनाउने क्रममा शबिनर नबिल बैंक प्रधान कार्यालयमँ रक्तदान कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रममा १२२ जना बैंकका कर्मचारीहरुबाट रक्तदान गरिएको थियो ।

ग्रान्डी इन्टरनेशनल अस्पतालले देशमा रहेको विद्ममान रक्त अभावलाई ध्यानमा राख्दै नबिल बैंकको उक्त योगदानको प्रशंशा गरेको छ ।

त्यसै गरी, बैंकको ३५ औँ बार्षिकोत्सवको अवसरमा गत हप्ता आयोजित बैंक स्तरीय फुटसल, क्रिकेट, ब्याड्मिन्टन, स्नुकर र चेस प्रतियोगिताका विजेता टिम र उपविजेता टिमहरुलाई नबिल बैंकका संचालक समितिका अध्यक्ष शम्भु प्रसाद पौड्यालले मेडल सहित पुरस्कारहरु वितरण गर्नु भएको थियो ।

बैंकको ३५ औ“ बार्षिकोत्सवको अवसरमा रक्तदान, खेलकुद लगायत सामाजिक कार्यक्रमहरु आयोजना भएकोमा अध्यक्ष  शम्भुु पौड्यालले खुशी व्यक्त गर्नु भयोे ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको