Like us!
Follow us!
Connect us!
Watch us!

रु एक करोड ७४ लाख ८९ हजार लगानीमा नगरपालिकाबाट १८ ल्यापटप, १७१ डेस्कटप कम्प्युटर, १३ स्मार्ट प्रोजेक्टर र सात प्रिन्टर वितरण

रबिन दङगाल

सोमबार, ०६ साउन २०७६, ११ : ३९ मा प्रकाशित

रु एक करोड ७४ लाख ८९ हजार लगानीमा नगरपालिकाबाट १८ ल्यापटप, १७१ डेस्कटप कम्प्युटर, १३ स्मार्ट प्रोजेक्टर र सात प्रिन्टर  वितरण

अर्थ संसार, खस्यौली- रुपन्देहीको सैनामैना नगरपालिकाले सामुदायिक विद्यालयलाई सूचना प्रविधिका डिजिटल उपकरण वितरण गरेको छ । नगरपालिकाकाले १८ सामुदायिक विद्यालयलाई सूचना प्रविधिका डिजिटल उपकरण वितरण गरेको सैनामैना नगरपालिकाले जनाएको छ ।  

रु एक करोड ७४ लाख ८९ हजार लगानीमा नगरपालिकाले सामुदायिक विद्यालयका लागि १८ ल्यापटप, १७१ डेस्कटप कम्प्युटर, १३ स्मार्ट प्रोजेक्टर र सात प्रिन्टर (आइसिटी सामग्री) नगरप्रमुख चित्रबहादुर कार्कीले वितरण गरेका हुन् । नगरभित्र रहेका सामुदायिक विद्यायललाई स्मार्ट कक्षा सञ्चालनसँगै शैक्षिक गुणस्तर सुधारका लागि भन्दै आइसिटी सामग्री प्रदान गरिएको नगर प्रमुख  कार्कीले जानकारी दिए ।

प्रमुख कार्कीले आइसिटी सामग्रीको उच्चतम प्रयोग गर्दै शैक्षिक गुणस्तर सुधारको अभियानलाई प्रभावकारी बनाउन आग्रहसमेत गरे । उपप्रमुख बीना राना, काङ्ग्रेस नगर सभापति रामप्रसाद अधिकारी, नेकपाका नगरअध्यक्ष चेतनारायण न्यौपाने, शिक्षा शाखाका हेमराज अर्याल, केशवराज अर्याललगायतले  नगरपालिकाले राम्रो कामको थालनी गरेको विचार व्यक्त गरे। 

गत आर्थिक वर्षको बजेटबाट विद्यालय र कक्षा कोठालाई स्मार्ट बनाउनका लागि नगरका १८ वटा विद्यालयमा १०३ सेट प्रोजेक्टर र ल्यापटप उपलब्ध गराएको थियो । शिक्षकलाई कम्प्युटर चलाउने तालीमसमेत प्रदान गरिएको नगरपालिकाले जनाएको छ ।

प्रविधिले शिक्षकको मनोबल उच्च बनाउने र विद्यार्थीको सिकाइको स्तर पनि बढाइरहेको सैनामैना माविका प्राध्यापक नेत्रलाल पुरीले बताए । नेपाली टाइप, पावर पोइन्टर स्लाइड, इन्टरनेटमा अध्यापन सामग्री कसरी खोज्ने भन्ने विषयमा समेत शिक्षकले तालीम लिइसकेका छन् भने विद्यार्थीलाई उपकरणबाटै पढाउन शुरु गरेका छन् । 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको