Like us!
Follow us!
Connect us!
Watch us!

एन आई सी एशिया बैंक लि.कोे विराटनगर महानगरपालिका विस्तारित काउण्टर सञ्चालनमा

रबिन दङगाल

सोमबार, ०६ साउन २०७६, १६ : ०५ मा प्रकाशित

एन आई सी एशिया बैंक लि.कोे विराटनगर महानगरपालिका विस्तारित काउण्टर सञ्चालनमा

अर्थ संसार, बिराटनगर- एन आई सी एशिया बैंकले शहरी तथा ग्रामीण जिल्लाहरुमा समेत आफ्नो सशक्त उपस्थिति जनाउँदै गाउँ–गाउँमा वित्तीय पहुँच तथा वित्तीय सबलीकरणको लागि विस्तारित  काउण्टरमार्फत् बैंकिङ सेवा प्रदान गर्दै आइरहेकोे छ ।

सोही क्रममा मोरङ जिल्लाको विराटनगर महानगरपालिका वडा नं. ७ स्थित गोल्छा चोकमा विराटनगर विस्तारित काउण्टर यही श्रावण ५ गतेबाट सञ्चालनमा ल्याइएको छ । बैंकले सञ्चालनमा ल्याएको यस विस्तारित काउण्टरको समुद्घाटन विराटनगर महानगरपालिकाका मेयर श्री भिम पराजुलीज्यूले गरे । 

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २९२ शाखा कार्यालयहरु, ३०२ एटिएम, ५० वटा एक्सटेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्ग इकाईमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

करिब १६ लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप एक्सटेन्सन काउण्टर सञ्चालन गर्ने योजना अगाडि सारेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको