Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु बैंकको नयाँ एप्लीकेशन : ‘प्रभु इजी फरेक्स’ मोवाइल एपबाट विदेशी मुद्रा सहटी गर्न सकिने

अर्थ संसार

सोमबार, ०६ साउन २०७६, १८ : ४६ मा प्रकाशित

प्रभु बैंकको नयाँ एप्लीकेशन :   ‘प्रभु इजी फरेक्स’ मोवाइल एपबाट विदेशी मुद्रा सहटी गर्न सकिने

अर्थ संसार, काठमाडौं– आफ्नो ग्राहकको सेवालाई मध्य नजर गर्दै प्रभु बैंक लिमिटेडले नयाँ  एप्लीकेशन  ‘प्रभु इजी फरेक्स’ सेवा सञ्चालनमा ल्याएको छ ।

यो एप्लीकेशन  ‘प्रभु इजी फरेक्स’ ग्राहकले बैदेशिक मुद्रा सटी सुविधालाई मोवाइलमार्फत अनलाइन आवेदन गर्न सकिन्छन् ।

  बैंकले सोमबार एक कार्यक्रमको आयोजना गरी सञ्चालनमा ल्याएको यस एपबाट रोजगारी, व्यवसाय, पर्यटन तथा अन्य प्रयोजनको लागि हाल बिदेश भ्रमण गर्नेको संख्या दिनानुदिन बढ्दै गइरहेको र ब्यस्त दैनिकीका बावजुत पनि बैंकसम्मै पुगेर सटहीको आवेदन गरी बैदेशिक मुद्रा लिनुपर्ने बाध्यता विद्यमान रहेको अवस्थामा उक्त झन्झटिलो तथा लामो प्रक्रियालाइ प्रविधिमैत्री तथा सरलीकृत गर्नको लागि प्रभु इजी फरेक्स एप्लिकेशन अति नै उपयोगी हुने बताएको छ ।

यो मोवाइल एप प्लेस्टोरबाट डाउनलोड गर्न सकिन्छ । यो चाँडै नै एपस्टोरमा पनि उपलब्ध हुने जनाइएको छ ।  आवेदकलाइ बैंकवाट केही समय भित्रमै एसएमएसमार्फत सटहीको कन्फर्मेसन प्रदान गरिने जनाइएको छ ।

त्यसपछि आवेदकले आफ्नो अनूकुल समयमा तोकिएको शाखा तथा काउन्टरबाट बैदेशिक मुद्रा संकलन गर्न सक्नेछन् ।प्रभु बैंकले सञ्चालनमा ल्याएको यो मोवाइल एपबाट ग्राहकको समय बचत हुने तथा विना झन्झट अनलाईनमार्फत गुणस्तरीय सेवा उपभोग गर्न सकिने प्रभु बैंकका अधिकारीहरुले बताए ।

त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलस्थित बैकको काउन्टरबाट समेत सहजै यो सुविधा उपलब्ध हुने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको