Like us!
Follow us!
Connect us!
Watch us!

कास्कीको पुरुन्चौरमा कामना सेवाकोे शाखा

अर्थ संसार

सोमबार, ०६ साउन २०७६, १९ : २७ मा प्रकाशित

कास्कीको पुरुन्चौरमा  कामना सेवाकोे शाखा

अर्थ संसार, काठमाडौं– कामना सेवा विकास बैंक लिमिटेडले बैकिङ्ग पहुचन पुगेका ग्रामिण क्षेत्रहरुमा समेत आफ्नो सेवा विस्तार गर्दै जाने उदेश्य अनुरुप गण्डकी प्रदेश अन्तर्गत पोखरा महानगरपालिका वडा नं. १९ स्थित पुरुन्चौरमा सोमबार आफ्नो ९७ औं शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको छ ।

गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावर णमन्त्री विकास लम्सालले उक्त शाखाको कारोबार शुभारम्भ गर्नु भएको थियो । कारोबार शुभारम्भ समारोहमा बैंकका संचालकहरु चतुराखर अधिकारी, देव कृष्ण काफ्ले, बलराम बराल तथा गण्डकी प्रदेश प्रमु्ख टुबराजवास्तोला लगायत स्थानीयवासीहरुको उपस्थिति रहेको थियो ।

यस बैंकले यवसाय विस्तारकोक्रम मानवीनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई उच्चस्तरको बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै आएको जानकारी गराइएको थियो ।

काठमाडौं–३०, ज्ञानेश्वरमा केन्द्रीयकार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा९७ वटा शाखा तथा ४५ वटा ATM मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदानगर्दै आएको छ । साथै बैंकले ABBS, SMS Banking, Mobile Banking, C-ASBA nufotsf लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थपगर्दै जाने बैंकको योजना रहेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको