Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल बङ्गलादेश बैँकद्वारा पुस्तकालयलाई आर्थिक सहयोग

मंगलबार, ०७ साउन २०७६, १९ : ११ मा प्रकाशित

नेपाल बङ्गलादेश बैँकद्वारा पुस्तकालयलाई आर्थिक सहयोग

अर्थ संसार, काठमाडौं– नेपाल बंगलादेश बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नयाँ बानेश्वर, काठमाडौँस्थित श्री रत्न पुस्तकालयलाई आर्थिक सहयोग गरेको छ ।

मंगलबार एक कार्यक्रमबीच १२,१७८ रुपैयाँ बराबरका विभिन्न साहित्यिक किताबहरु लगायत सोहि पुस्तकालयद्वारा संचालित देव कोटाकोषका लागि १,००,०००रुपैया रकमको आर्थिक सहयोग हस्तान्तरण गरेको हो ।

  महाकवि लक्ष्मीप्रसाद देवकोटाका नाममा संचालन गरिएको सो कोष साहित्यकारहरुलाई कडारोगको उपचारका लागि सहयोग पुर्याउने उद्देश्यले खोलिएको हो ।

सो रकम तथा किताबहरु बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भूषण श्रेष्ठले सो पुस्तकालयका अध्यक्ष सशीबिक्रम राणालाई हस्तान्तरण गर्नुभ एकोथियो ।

यसका साथै बैंकले संस्थागत सामाजिक उत्तरदायित्वलाइ सधै आफ्नो उच्च प्राथमिकतामा राख्दै आएको जानकारी गराएको छ ।

बैंकले बैंकको संस्थागत नारा नै“हामी सबैको बैंक” भन्ने रहेकोले उक्त नारा अनुसारको उद्देश्य प्राप्तिका लागि समाजका हरेक वर्ग तथा तप्काका सर्वसाधारणहरुको जीवनस्तरमा उत्थान गर्न सहयोग गर्ने लक्ष्यरहेको जनाएको छ  ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको