Like us!
Follow us!
Connect us!
Watch us!

जडीबुटी उत्पादनमा लगानी

रबिन दङगाल

बुधबार, ०८ साउन २०७६, ११ : ५९ मा प्रकाशित

जडीबुटी उत्पादनमा लगानी

अर्थ संसार, बलेवा- तराखोला  गाउँपालिका–५ मा रहेको जनएकता बहुउद्देश्यीय सहकारी संस्थाले जडीबुटी खेती विस्तार तथा भण्डारण कार्यक्रम सञ्चालनमा ल्याएको छ । डिभिजन वन कार्यालय बागलुङको रु २० लाख अनुदान र सहकारीको रु छ लाख गरी रु २६ लाखको लगानीमा जडीबुटी खेती विस्तार तथा भण्डारण शुरु भएको कार्यालयका नायब सुब्बा नारायणराज सापकोटाले जानकारी दिए। 

सहकारीका शेयर सदस्यले तारखोलामा तीन हजार केजी सतुवा, चार हजार केजी चिराइतो, चार हजार केजी लौठसल्ला उत्पादन गरेका छन् । झण्डै १० हजार केजी जडीबुटी उत्पादन गरिसकेका उनीहरुले अझै उत्पादन बढाउने तयारी गरेका छन् । 

चिराइतो र लौठसल्लालाई विभिन्न रोगविरुद्धको औषधि बनाउन प्रयोग गरिन्छ । जडीबुटी विकासअन्तर्गत पाँच वटा सामुदायिक वन उपभोक्ता समूहलाई जडीबुटी प्रशोधन केन्द्र स्थापनाका लागि डिभिजन वन कार्यालयले रु १५ लाख बजेट दिएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको