Like us!
Follow us!
Connect us!
Watch us!

लक्ष्यभन्दा बढी राजश्व असुली

रबिन दङगाल

विहीबार, ०९ साउन २०७६, १३ : ३३ मा प्रकाशित

लक्ष्यभन्दा बढी राजश्व असुली

अर्थ संसार,  नेपालगञ्ज- नेपालगञ्ज भन्सार कार्यालयले आर्थिक वर्ष २०७५-७६ को लक्ष्यभन्दा बढी  राजश्व असुल गर्न सफल भएको छ । असार महिनामा मात्र रु एक अर्ब छ करोड ३० लाख ७३ हजार असुल भएकाले वार्षिक लक्ष्य पूरा भएको भन्सार प्रमुख शान्तिराम निरौलाले बताए। उनका अनुसार भन्सार विभागले यस कार्यालयलाई रु १२ अर्ब ३३ करोड एक लाख १६ हजार राजश्व असुलीको वार्षिक लक्ष्य दिएकामा रु १२ अर्ब ३३ करोड ५५ लाख ७१ हजार असुली भएको थियो । यो रकम लक्ष्यभन्दा ५४ लाख ५५ हजारले बढी हो ।

उक्त कार्यालयले सबैभन्दा बढी भन्सार महसुलमा रु पाँच अर्ब ९३ करोड ४८ लाख, मूल्य अभिवृद्धि करमा रु पाँच अर्ब ६२ करोड ५५ लाख, अन्तःशुल्कमा रु २८ करोड ३५ लाख र अन्यमा ४९ करोड १६ लाख ६७ हजार असुल गरेको थियो । सो अवधिमा सबैभन्दा बढी पेट्रोलियम पद्धार्थबाट राजश्व असुली भएको बताइएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको