Like us!
Follow us!
Connect us!
Watch us!

मनि ट्रान्सफरको रु तीन लाख ३९ हजार ५०० चोरी गर्र्ने पक्राउ

रबिन दङगाल

आइतबार, १२ साउन २०७६, ११ : ३४ मा प्रकाशित

मनि ट्रान्सफरको रु तीन लाख ३९ हजार ५०० चोरी गर्र्ने पक्राउ

अर्थ संसार, जनकपुरधाम- मनि ट्रान्सफरको रकम चौरी गर्ने दुई जनालाई  धनुषा जिल्ला इलाका प्रहरी कार्यालयको गस्ती टोलीले शनिबार पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा धनुषा जिल्ला शहीद नगरपालिका वडा नं ३ गोठकुहाका ११ वर्षीय गोविन्द यादव र  सोही वडाका २८ वर्षीय रामुु यादव रहेका छन् । पक्राउ परेका यादवले यदुकोहास्थित पारस मनि ट्रान्सफरको सटरको ताल्चा फुटाइ टेबुलको घर्राबाट रु तीन लाख ३९ हजार ५०० रकम चोरी गरेको जनाइएको छ ।
रकमसहित शङ्कास्पदरूपमा हिँडिरहेको अवस्थामा गोविन्द यादवलाई गस्ती टोलीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार रकमसहित पक्राउ परेका गोविन्दलाई इलाका प्रहरी कार्यालय यदुकोहाबाट चोरी मुद्दामा १० दिन म्याद थप गरी अनुसन्धान कार्य शुरू गरिएको छ ।
त्यस्तै अनुसन्धानका क्रममा सोही घटनामा शङ्कास्पद देखिएका रामु यादवसमेतलाई नियन्यणमा लिइ थप अनुसन्धान भइरहेको बताइएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको