Like us!
Follow us!
Connect us!
Watch us!

एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड –१ र एनएमबि हाइब्रिड फण्ड एल –१ ले इकाईधनीलाई १५ % र १० % प्रतिफल वितरण गर्ने

मिलन खड्का

आइतबार, १२ साउन २०७६, १४ : १३ मा प्रकाशित

एनएमबि   सुलभ  इन्भेष्टमेन्ट फण्ड –१ र एनएमबि हाइब्रिड फण्ड एल –१ ले   इकाईधनीलाई  १५ %  र  १० % प्रतिफल वितरण गर्ने

अर्थ संसार, काठमाडौं–एनएमबि म्युचुअल फण्ड अन्तर्गत संचालनमा रहेको एनएमबि सलभ इन्भेष्टमेन्ट फण्ड –१ र एनएमबि हाइब्रिड फण्ड एल –१ को यस आर्थिक वर्ष २०७५/७६ को लेखापरिक्षण कार्य  सम्पन्न गर्दै योजनाको प्रतिफल वितरण गर्ने भएको  छ  ।

कम्पनीको आइतबार  बसेको सञ्चालक समितिको वैठकबाट एनएमबि म्युचुअल फण्ड अन्तर्गत सचालनमा रहेको एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड –१ का इकाईधनीहरुलाइ आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट कर सहित १५ प्रतिशतका दरले  (कर सहित) र एनएमबि हाइब्रिड फण्ड एल –१ का इकाईधनीहरुलाई आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट कर सहित १० प्रतिशतका दरले (कर सहित) योजनाको प्रतिफल वितरण गर्ने निणय गरेको छ।  

एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड –१

एनएमबि म्युचुअल फण्ड अन्तर्गत संचालन भएको एनएमबि सलभ इन्भेष्टमेन्ट फण्ड –१ ले विगतका तीन आर्थिक वर्षहरुमा इकाईधनीहरुलाई लगातार नगद लाभांश वितरण गर्दै आएको छ  । योजनाको परिपक्वता समय नजिकिदै गरेको हुदाँ २०७६ कात्तिक ३  गत  पश्चात  नै  योजनाको  लगानीमा  रहेका  सम्पत्तीहरु,  पूँजी  तथा  नाफालाइ  एकै  साथ लगानीकर्ताहरुलाई फिर्ता भुक्तान गर्नेछ ।

एनएमबि हाइब्रिड फण्ड एल –१

एनएमबि म्युचुअल फण्ड अन्तर्गत संचालन भएको एनएमबि हाइब्रिड फण्ड एल –१ नेप्सेमा सूचिकृत भई कारोबार खुल्दा नेप्से १७५९.७१ विन्दुमा रहेको थियो।   योजनाले आर्थिक वर्ष २०७५/७६ मा १० प्रतिशतका दरले प्रतिफल वितरण गर्ने निर्णय गरेको छ ।

5d3d8ebaa0942.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको