Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेले सोधेकोमा एनआइसी एशिया बैंकले के दियो स्पष्टिकरण ?

विहीबार, २७ माघ २०७३, १७ : १० मा प्रकाशित

नेप्सेले सोधेकोमा एनआइसी एशिया बैंकले के दियो स्पष्टिकरण ?

अर्थ संसार

काठमाडौं– एनआइसी एशिया बैंकले सार्बजनिक सूचनामार्फत विक्री गर्न लागेको विभिन्न कम्पनीको सेयरबारे गल्ती भएको स्वीकारेको छ । उसले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई स्पष्टिकरण दिँदै बैंकको सूचनामा भुलबस केही त्रुटि भएको भन्दै प्रक्रिया नपुगेकाले रद्द गरिएको बताएको छ । कम्पनीले सेयर विक्रीका सबै प्रक्रिया रद्द गरेको बताएको छ । 

 नेप्सेलार्इ स्पष्टिकरण बुझाउँदै बैंकले  आफ्नो स्वामित्वको केही सामुहिक लगानी कोषका इकाई र सेयरहरु धितोपत्र बजारको प्रणालीभित्रै रहेर कारोबार गर्ना सूचना प्रकाशित गरेको जनाएको छ । 

एनआइसी एशियाले विभिन्न सामुहिक लगानी कोषका २ करोड २० लाख इकाई र नेशनल लाइफको ६५ हजार कित्ता संस्थापक सेयर  बोल कबोलमार्फत बिक्री गर्ने सूचना जारी गरेपछि नेप्सेले स्पष्टीकरण सोधेको थियो ।     

589c55f1d1a0f.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको