Like us!
Follow us!
Connect us!
Watch us!

ओपोद्वारा ‘वाटरफल स्क्रिन’ प्रविधि प्रदर्शित डिजाइन एस्थेटिक्सको उत्कर्स र उत्कृष्ट दृष्यानुभवको प्रखर नमुना

मिलन खड्का

मंगलबार, १४ साउन २०७६, ०६ : ३० मा प्रकाशित

ओपोद्वारा ‘वाटरफल स्क्रिन’ प्रविधि प्रदर्शित डिजाइन एस्थेटिक्सको उत्कर्स र उत्कृष्ट दृष्यानुभवको प्रखर नमुना

अर्थ संसार, काठमाडौं–ओपोले ‘वाटरफल स्क्रिन’ डिजाइन सहितको एउटा प्रोटोटाइप उपकरण प्रदर्शित गरेको छ । यसमा रहेको झण्डै भर्टिकल (ठाडो) ८८ डिग्रिको कर्भ्ड बडीले सटिक दृष्यानुभूति दिनुका साथै उपकरणलाई करिव करिव  बोर्डर रहित बनाइदिएको छ । यसले ओपोको मोबाइल फोनलाई नयाँ आकार दिने नवप्रबर्तनात्मकता तिर अग्रसर खोजीको प्रतिनिधित्व गर्नुका साथै, फुलस्क्रिन प्रविधि र उत्कृष्ट सौन्दर्यता अग्रसर खोजीपनि प्रतिबिम्बित गरेको छ । 

‘वाटरफल स्क्रिन’ले प्रस्तुत गरे झैँ नयाँ आकार सम्बद्ध विभिन्न कारक तत्व तथा धातु सम्बन्धि खोज ओपोको आरएण्डडीका ५ प्रमुख क्षेत्र मध्य एक हो । कर्भ्ड डिस्प्ले डिजाइनका क्षेत्रमा पनि ओपोको फराकिलो अनुभव रहेको छ । पछिल्लो पटक ओपो फाइन्ड एक्समा कम्पनीले पानोरामिक आर्क स्क्रिन डिजाइनका साथमा ९३.८ प्रतिशत स्क्रिन–टू–बडी रेसियो प्रस्तुत गरिसकेको छ । नयाँ ‘वाटरड्रप स्क्रिन’ फोनको बाह्य डिजाइनमा ओपोको नयाँ उपलब्धि हो । 


उपभोक्तालाई स्मार्ट उपकरणका अनेकन विकल्प उपलब्ध गराउन ओपो सुन्दरता र नवप्रबर्तनात्मक प्रविधि विचको मिलन विन्दूको निरन्तर खोजीमा लागि परेको छ । अब वाटरफल स्क्रिन डिजाइनका माध्यमबाट ओपोले आफ्ना उपभोक्तालाई अदृतिय दृश्यानुभुति र अभूतपूर्व सौन्दयानुभव प्रदान गर्ने उद्देश्य लिएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको