Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल एसबिआई बैंकको २८ प्रतिशत बोनस पारित

विहीबार, २७ माघ २०७३, १७ : ४१ मा प्रकाशित

नेपाल एसबिआई बैंकको २८ प्रतिशत बोनस पारित

अर्थ संसार
काठमाडौं–नेपाल एसबिआई बैंकका २३ औँ वार्षिक साधारणसभाले शेयरधनीहरुलाई चुक्ता पूँजीमा २८ प्रतिशतका दरले वोनश शेयर र १.५३ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बैंकले गत बर्षको नाफाबाट १ अर्ब ९९ करोड १९ लाख ४२ हजार ३ सय ६० रुपैयाँ रकम बराबरको ४० प्रतिशत हकप्रद सेयर निस्कासन गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

बैंकले आर्थिक वर्ष २०७२/७३ मा १ अर्ब ३३ करोड १९ लाख रुपैयाँ खुद नाफा गरेको थियो । साधारणसभाले बैंकको सहायक कम्पनी नेपाल एसबिआई मर्चेण्ट बैकिङ्गको आव २०७२÷०७३ को एकीकृत  वित्तीय विवरण समेत स्वीकृत गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको