Like us!
Follow us!
Connect us!
Watch us!

सेयर लगानीकर्ताका लागि निराशाजनक साता, अन्तिम दिन झन् ठूलो पहिरो

विहीबार, २७ माघ २०७३, १७ : ४४ मा प्रकाशित

सेयर लगानीकर्ताका लागि निराशाजनक साता, अन्तिम दिन झन् ठूलो पहिरो

 

अर्थ संसार

काठमाडौं–सेयर बजारले साताको अन्तिम दिन पनि लगानीकर्तालाई निराश बनाएको छ । यस दिन बजार तुलनात्मक रुपमा बढी २६.७५ अंकले घटेको छ ।

आइतबारदेखि बिहीबारसम्म साताको कारोबार भएका सबै दिन बजार घटेको छ ।  अन्तिम दिन बजार १३०० अंकबाट ओरालो लागेको छ । यस दिन बजार १२९६.२३  अंकमा समेटिएको छ । 

यस साता सेयर बजार करिव ६८ अंकले घटेको छ । गत साता एकै दिन ६३ अंकले बढेको बजार पहिलेको भन्दा तल आइपुगेको छ । 

यस दिन कारोबार रकम भने निकै बढेको छ । बजार घट्दा लगानीकर्ताहरु भने जोसिएको यसले देखाउँछ । यस दिन ५७ करोड ५० लाखभन्दा बढीको कारोबार भएको छ ।

साताको अन्तिम दिन बजारमा तीब्र उतार चढाब आएको थियो । खुल्ना साथ लगातार घटेको बजार १ बनृपपछि सम्हालिएर फेरि केही बेरपछि ओरालो लाग्यो । 

यस दिन पनि अरु दिनजस्तै सबैभन्दा धेरै घट्ने बीमा समुह भएको छ । यो समुह  २२४.१८ अंकले घटेको छ । यसै गरी बैंकिंग २६.८४, होटल १३.०८, बिकास बैंक १९.३८, जलबिद्युत ३६.६३, फाइनान्स ७.०५ र अन्य समुह ३.४७ अंकले घटेका छन्।

बिहीबार १३४ कम्पनीको सेयर किनबेच भएको छ । घटेको बजारमा मेरो माइक्रोफाइन्सका लगानीकर्ताले ५.७२ प्रतिशतले आफ्नो सम्पत्ति बढाएका छन् । उता एभरेष्ट इन्स्योरेन्स र युनाइटेड इन्स्योरेन्सका शेयरधनीले १० प्रतिशतले गुमाएका छन् । वीमा कम्पनीका लगानीकर्ताहरु बढी गुमाउनेमा परेका छन् ।

यस दिन  सिद्धार्थ इक्विटी फण्डको सबैभन्दा बढी करिब ६ करोड रुपैयाँको कारोबार भएको छ । त्यसपछि एनआइबिएल समृद्धि फण्डको ५ करोड रुपैयाँ, एनएमबि सुलभ फण्डको साढे ३ करोड रुपैयाँ बराबरको खरिदविक्री भएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको