Like us!
Follow us!
Connect us!
Watch us!

यमनमा १७ प्रहरी मारिए

रबिन दङगाल

विहीबार, १६ साउन २०७६, १५ : ३२ मा प्रकाशित

यमनमा १७ प्रहरी मारिए

अर्थ संसार, यमन- सरकारको नियन्त्रणमा रहेको यमनको दोस्रो ठूलो शहर एडेन रहेको एक सैन्य शिविरनजिकै विद्रोहीको आक्रमणमा कम्तीमा १७ यमनी प्रहरीको मृत्यु भएको छ । यस आक्रमणमा परी दर्जनौं व्यक्ति घाइते भएका चिकित्सकहरुले बताएका छन् । 
यमनको राजधानी शहर कब्जा गरेर बसेका हुथी विद्रोही समूहले एडेनको पश्चिम भागबाट २० किलोमिटर टाढा रहेको अल जाला शिविरमा ड्रोन र ब्लालिस्टिक क्षेप्यास्त्रद्वारा आक्रमण गरेका थिए । 
संयुक्त अरब इमिरेट्सको दक्षिणी बन्दरगाह शहर सैख ओथम्यान क्षेत्रमा भएको आत्मघाती आक्रमणमा कम्तीमा तीन प्रहरी मारिएको घटना सेलाउन नपाउँदै यो घटना भएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको