Like us!
Follow us!
Connect us!
Watch us!

मेस्सीमाथि ३ महिना खेल्न नपाउने प्रतिबन्ध

मिलन खड्का

शनिबार, १८ साउन २०७६, ०९ : १४ मा प्रकाशित

मेस्सीमाथि ३ महिना खेल्न नपाउने प्रतिबन्ध

अर्थसंसार,काठमाडौँ-अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेस्सीलाई दक्षिण अमेरिकी फुटबलको निकाय कोनमेबोलले ३ महिना अन्तर्राष्ट्रिय फुटबल खेलबाट प्रतिबन्ध र ५० हजार डलर जरिवाना लगाइएको छ ।  

कोपा अमेरिका फुटबलबारे कोपा अमेरिकाको तेस्रो स्थानको लागि चिलीसँग खेल्दा रातो कार्ड खाएपछी कोनमेबोललाई भ्रस्ट भनेका थिए ।  यस  टिप्पणीलाई लिएर दक्षिण अमेरिकी फुटबलको प्रशासकीय निकाय कोनमेबोलले उनीमाथि प्रतिबन्ध लगाएको हो ।

कोपा अमेरिकाको सेमी फाईनलमा ब्राजिल सँगको हार पछी मेस्सीले आफ्नो हारको दोष रेफ्री माथि लगाएका थिए । 

 सेप्टेम्बर र अक्टुबरमा अर्जेन्टिनाले चिली, मेक्सिको र जर्मनीसँग मैत्रीपूर्ण खेल खेल्दै छ । मेस्सीकोलाई आफ्नो जरिवाना अपिल गर्ने मौका त छ तर आपिल खारेज भएमा उनले यि कुनै  खेल खेल्न पाउने छैनन् ।

यो प्रतिबन्धले उन्को क्लब खेललाई कुनै असर गर्ने छैन । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको