Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल लाइफको प्रति सेयर आम्दानी १४ रुपैयाँ

शुक्रबार, २८ माघ २०७३, १३ : ४९ मा प्रकाशित

नेपाल लाइफको प्रति सेयर आम्दानी १४ रुपैयाँ

अर्थ संसार
काठमाडौं–नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक बर्षको पुस मसान्तसम्म १५ करोड ३० लाख ८९ हजार रुपैयाँ मुनाफा गरेको छ । कम्पनीको नाफा अघिल्लो बर्षको यही अबधिमा ५ करोड ६२ लाख ४६ हजार २ सय २४ रुपैयाँ थियो ।

यस अबधिमा कम्पनीको चुक्ता पूँजी २ अर्ब १६ करोड ७५ लाख रुपैयाँ पुगेको छ । नेपाल लाइफको जगेडा कोषमा ४० करोड ६९ लाख रुपैयाँ जम्मा भएको छ ।

यस अबधिमा सेयर मूल्य बढेर ४१४० रुपैयाँसम्म पुगेको कम्पनीको प्रतिसेयर आम्दानी भने १४.१३ रुपैयाँ प्रति सेयर छ । कम्पनीको प्रति सेयर नेटवर्थ १२९.१६, पिइ रेसियो २०१.०५, प्रति सेयर कुल सम्पत्तिको मूल्य १८७२.८६ र औषत प्रतिफल दर ७.०६ छ ।   

589d75ddd61fe.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको