Like us!
Follow us!
Connect us!
Watch us!

नाफामा अब्बल कृषि विकास बैंक, प्रतिशेयर आम्दानी कति ?

मंगलबार, २१ साउन २०७६, ०८ : ३६ मा प्रकाशित

नाफामा अब्बल कृषि विकास बैंक, प्रतिशेयर आम्दानी कति ?

अर्थ संसार, काठमाण्डौ- सरकारी स्वामित्वको कृषि विकास बैंक लिमिटेडले  चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । 

बैंकल आर्थिक वर्षको अन्त्यसम्म  ४ अर्ब ३५ करोड ३२ लाख ४७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसै अवधिमा बैंकले ३ अर्ब ६५ करोड ३५ लाख १९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
 
यता, यस अवधिमा बैंकको चुक्ता पुँजी ३.६६ प्रतिशतले बढेर १४ अर्ब ४४ करोड ८२ लाख ४० हजार रुपैयाँ पुगेको छ । बैंकको चुक्ता पुँजीमा भन्दा खुद नाफा बढी भएकाले त्यसको सकारात्मक असर बैंकको प्रति शेय आम्दानीमा परेको छ । यस अवधिमा प्रति शेयर आम्दानी ७ रुपैयाँ ४९ पैसाले बढेर ४४ रुपैयाँ ६७ पैसा पुगेको छ ।

बैंकले रिटेन अर्निङतर्फ ४५.९७ प्रतिशतले वृद्धि गरेको छ । अघिल्लो वर्ष २ अर्ब ८८ करोड रुपैयाँ रिटेन अर्निङ रहेको बैंकको समीक्षा अवधिमा ३ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ ।

बैंकको क्यापिटल एडेक्वेसी रेसियो २०.३३ प्रतिशत रहेको छ भने कस्ट अफ फन्ड ७.४१ प्रतिशत र सीडी रेसियो ७८.७२ प्रतिशत रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको