Like us!
Follow us!
Connect us!
Watch us!

कामना सेवाको नारायणगढ शाखा स्थानान्तरण समारोह सम्पन्न

अर्थ संसार

मंगलबार, २१ साउन २०७६, १८ : ०२ मा प्रकाशित

कामना सेवाको नारायणगढ शाखा स्थानान्तरण समारोह सम्पन्न

अर्थ संसार, काठमाडौं– कामना सेवाविकास बैंक लिमिटेडकोे चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नं. ३, स्थित नारायणगढ शाखा कार्यालय मंगलबारदेखि हाल सञ्चालित भवनसंगै जोडिएको पूर्वतर्फ रहेको भवनमा स्थानान्तरण भई कारोबार शुभारम्भ गरेको छ ।

भरतपुर महानगरपालिका उपप्रमुख पार्वती शाह ठकुरीले उक्त शाखाको कारोबार शुभारम्भ गर्नुभएको थियो । स्थानान्तरण भइकारोबार शुभारम्भ समारोहमा बैंकका संचालक भिम प्रसाद तुलाचन,प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत तथा क्षेत्रिय प्रमु्ख नारायणगढ सुरेन्द्र भण्डारी लगायत स्थानीयवासीहरmको उपस्थिति रहेको थियो ।

यस बैंकले नवीनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जालमार्फत आफ्ना ग्राहकहरुलाई उच्चस्तरको बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै आएको जानकारी गराइएको थियो ।

काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ९७ वटा शाखा तथा ४५ वटा ATM मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदानगर्दै आएको छ ।

साथै बैंकले ABBS, SMS Banking, Mobile Banking, C-ASBA लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको