Like us!
Follow us!
Connect us!
Watch us!
धुमधामसँग नेपाल अडिटर्स एशोसिएशन (अडान)ले मनायो स्थापना दिवस

लेखापरीक्षकहरु समय अनुकुल परीवर्तन हुँदै जानुपर्ने र लेखापरीक्षण गर्नुपर्ने संख्याको तुलनामा लेखापरीक्षकहरुको संख्या अपुग भएको त हैन ? - टंकमणि शर्मा दंगाल (भिडियो)

मिलन खड्का

मंगलबार, २१ साउन २०७६, १८ : १४ मा प्रकाशित

अर्थ संसार, काठमाडौं– नेपाल अडिटर्स एशोसिएशन (अडान) ले चौधौं स्थापना दिवस सोमबार धुमधामसँग मनाएको छ ।

स्थापना दिवसको अवसरमा  रक्तदान र सेमिनार कार्यक्रम सहित माननिय महालेखा परीक्षक टंकमणि शर्मा (दंगाल)को प्रमुख आतिथ्यतामा “अडान डे” कार्यक्रम सम्पन्न भएको छ ।

माननिय महालेखापरीक्षक  टंकमणि शर्मा (दंगाल) ले लेखापरीक्षकहरु समय अनुकुल परीवर्तन हुँदै जानुपर्ने र लेखापरीक्षण गर्नुपर्ने संख्याको तुलनामा लेखापरीक्षकहरुको संख्या अपुग भएको त हैन ? सो तर्फ सोच्नुपर्ने र आचार संहिताको पूर्ण पालनामा जोड दिनुभयो । साथै कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेस कुमार शर्मा, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ, आइक्यानका  अध्यक्ष कृष्ण प्रसाद आचार्यले बोल्नुभयो थियो ।

सो कार्यक्रममा सबै लेखाब्यवसायीहरु सँग सम्बद्ध सँग संगठनका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।  आर्थिक ऐनमा भएका परिवर्तित अनुसूचीहरु लगायतका  विषयमा सेमिनार तथा गोष्ठि संचालन भएको थियो । सो कार्यक्रममा ३५० जना लेखापरीक्षक तथा लेखापालहरुले भाग लिएका थिए ।

कार्यक्रमको अध्यक्षता केन्द्रीय अध्यक्ष मोहनराज रेग्मी, सञ्चालन महासचिव झलकमणि लम्साल र धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष एवं पार्षद केदारनाथ पौडेलले गर्नु भएको थियो । अध्यक्ष  मोहनराज रेग्मीले दर्तावाला लेखापरीक्षकको अनुभव १३ वर्ष भन्दा माथि रहेको हालको अवस्थालाई मध्यनजर गर्दै दर्तावाल लेखापरीक्षहरुलाई “क” वर्गमा वर्गाेन्नतीका लागि जोडदार माग गर्नुभयो ।

वहाले आईक्यानमा रहेको बिभेदको अन्त्य गरेर लेखाव्यबसायलाई सम्बृदिको आधार बनाउनु पर्ने र तालीमका कार्यक्रमहरु देशव्यापी लानुपर्नेमा जोडदिनु भयो साथै लेखाब्यवसायीहरुले आफ्नो बिचार राख्दा सबैको अधिकारको सम्मान गर्न बिशेष आग्रह गर्नुभयो

“अडान डे” को अवसरमा नै उपत्यका प्रदेश समितिले आयोजना गरेको रक्तदानमा झण्डै ७५ जनाले रक्तदान गरेका थिए । आजै मुलुकभरका विभिन्न जिल्ला तथा प्रदेश समितिहरुले अन्तरक्रिया, सेमिनार, गोष्ठी, रचनात्मक सामाजिक उतरदायित्वका क्रियाकलाप रक्तदान, बृद्घहरुलाई खाना खुवाउने, असहायहरुलाई कपडा बितरण,फलफुल बितरण , पदयात्रा सहितका कार्यक्रम गरि अडानको चौधौं स्थापना दिवस मनाइएको छ ।

अडानले आफना सम्पूर्ण सदस्यहरुलाई पेशागत आचरण र चरित्रलाई पालना गर्न आग्रह गर्दै आचारसंहिता बमोजिम कार्य गर्न अनुरोध गरेको छ । आजभन्दा १३ वर्षअघि स्थापना भएको अडानले मुलुकभरका करीव सात हजार दुई सय सदस्यहरुको साझा संस्थाको रुपमा स्थापित छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको