Like us!
Follow us!
Connect us!
Watch us!

बेजोसले बेचे १ सातामा २ अर्ब ८० करोड डलरको शेयर

बुधबार, २२ साउन २०७६, ०८ : ०३ मा प्रकाशित

बेजोसले बेचे १ सातामा २ अर्ब ८० करोड डलरको शेयर

वाशिङ्टन डीसी (अमेरिका) - अमेरिकी प्रविधि कम्पनी एमेजन डटकमका सीईओ जेफ बेजोसले गत साता २ अर्ब ८० करोड डलरको शेयर बेचेका छन् ।

गत बिहीवार र शुक्रवार मात्रै उनले ९९ करोड डलरको शेयर विक्री गरेका हुन् । यसअघि जुलाईको अन्तिम ३ दिनमा बेजोसले १ अर्ब ८० करोड डलरको शेयर विक्री गरेका थिए । बेजोसले विक्री गरेको शेयरबारे एमेजनले भने कुनै प्रतिक्रिया दिएको छैन । बेजोसले यसअघि ल्याएको व्यापारिक योजना अनुसार नै उक्त शेयर विक्री गरेका हुन् ।

उनले यसअघि प्रत्येक वर्ष आफ्नो रकेट कम्पनी ब्लू ओरिजिनका लागि १ अर्ब डलरको कोष स्थापना गर्ने घोषणा गरेका थिए । बेजोसकी पूर्वपत्नी म्याकेन्जी बेजोस एमेजनकी दोस्रो ठूलो लगानीकर्ता हुन् । उनीसँग कम्पनीको ३७ अर्ब डलरभन्दा बढीको शेयर छ । एजेन्सी

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको