Like us!
Follow us!
Connect us!
Watch us!
४० फिटको शिपिङ कन्टेनरलाई ओपोद्वारा अत्याधुनिक प्रविधि सम्पन्न फ्युचरिस्टिक होटलमा रुपान्तरण

ओपोद्वारा अस्ट्रेलियामा खोलियो विश्वकै पहिलो फाइभजी होटल

मिलन खड्का

विहीबार, २३ साउन २०७६, १४ : ५१ मा प्रकाशित

अर्थ संसार, काठमाडौं– यदी तपाईँ प्रखर प्रविधि प्रेमी हुनुहुन्छ वा सुलभ मूल्यमै नविनतम विलाशि आरामदायी गेटअवेको चाहना राख्दै हुनु हुन्छ भने ओपोद्वारा अष्ट्रेलियामा सञ्चालनमा ल्याइएको फाइभजी होटल तपाईँका लागि उत्कृष्ट गणतब्य हुनसक्छ ।

फाइभजीबाट के कस्ता कार्य गर्न सकिन्छ भन्ने सफल उदाहरण सबैसामु प्रस्तुत गर्ने उद्देश्यका साथ ओपो अष्ट्रेलियाले विश्वकै पहिलो ट्राभलिङ, फाइभजी पावर्ड स्मार्ट होटलको निर्माण गरेको हो । समग्र होटलमा ओपोको रेनो स्मार्टफोन, अत्याधुनिक प्रविधि र फाइभजी नेटवर्कको पूर्ण सुविधा प्रदान गरिएको छ । आउने केही महिना यो होटल अष्टे«लियाका विभिन्न फाइभजी लोकेशन्सहरुमा पु¥याइने छ । यसको सुरुवात गोल्ड कोस्टको होम अफ आर्ट्स (एचओटीए)बाट गरिने जानकारी दिइएको छ ।

यात्रुले फाइभजी होटलबाट के–कस्ता सुविधाको अपेक्षा गर्न सक्छन् ?

स्मार्ट (मिरर) ऐना– होटलमा रहेका स्मार्ट मिररमा पाहुनाले आशा गर्न सक्ने सम्भवतः सबै सुविधाहरु उपलब्ध गरिएका छन् । यसलाई स्मार्ट उपकरणसंग कनेक्ट  गरी ताजा समाचार , शेयर बजार सम्बन्धि ताजा जानकारी, विहानको पत्रिका पढ्ने, चलचित्र हेर्ने वा परफेक्ट मिरर सेल्फीका लागि उपयुक्त प्रकाशको ब्यवस्थापनि गर्न सक्छन् । 

सर्वसुलभ गेम– होटलमा रहेको फाइभजी गेमिङ स्विट मार्फत पाहुनाले आफ्नै हत्केलामा हाई एण्ड गेमिङ कम्प्युटरको अनुभव गर्न सक्छन् । प्रयोगकर्ताले सहजै पीसीमा वा फाइभजी स्मार्टफोनको सहायताबाट गेमको भण्डारसम्म आफ्नो पहुँच बनाइ आफूलाई पायक पर्ने स्थानबाट गेमिङको मज्जा लिन सक्छन् ।

हस्तरहित कार्य सम्पादन– होटलमा उपलब्ध गरिएको रेनो फाइभजी उपकरण गूगलको होम हब तथा स्मार्ट होम फिचर्सबाट सुसज्जित छन् । पाहुनाले आफ्नै आवाजको माध्यमबाट प्रकाशको तिब्रता नियन्त्रण, यू–ट्यूब म्यूजिक मार्फत आफ्नो ईच्छा अनुसारका गीत बजाउन तथा गूगललाई प्रश्न सोधी उत्तर समेत सहजै प्राप्त गर्न सक्छन् ।

संवर्धित वास्तविकताको अनुभव (एआर)– होटलले उपभोक्तालाई संवर्धित वास्तविकता (एआर)को अभुतपूर्व अनुभव प्रदान गर्ने सोचका साथ एआर एप्सहरु पनि प्रदर्शनीमा राखेको छ । प्रदर्शित एप्समा रेनो फाइभजीको अन्तरक्रियात्मक परिचयका साथै एआर वारड्रोब लगायत छन् । एआर वारड्रोबले पाहुनालाई विभिन्न कपडाहरु भर्चुअल एआर रनवे मार्फत पूर्वावलोकन गर्न सघाउँछ ।

बफर रहित मनोरञ्जन सुविधा– होटलमा फाइभजीका माध्यमबाट मुटु छुने कन्टेन्टहरु डाउनलोड, स्ट्रिम तथा हेर्ने सुविधा उपलब्ध छन् । बफर–फ्रि नेटफ्लिक्सको मज्जा लिने वा कफि बनाउँदै आफूलाई मनपर्ने सिरिज पूरै डाउनलोड गर्ने र होटलको फराकिलो स्क्रिन सहितको टीभीमा यसको मज्जा लिने सुविधापनि यहाँ उपलब्ध छ । 

४० फिटे शिपिङ कन्टेनरबाट फ्युचरिस्टिक होटलमा रुपान्तरण गरिएको फाइभजी होटल एचओटीएमा अगस्ट १ देखि ३० सम्मका लागि बुकिङ खुल्ला गरिएको छ । होटलको अभूतपूर्व अनुभव गर्न चाहनेले यसका लागि १ सय ५० अष्ट्रेलियन डलर खर्च गर्नुपर्ने हुन्छ । यसरी संकलित समग्र रकम स्थानिय च्यारिटीहरुमा जाने जानकारी दिइएको छ ।

म्याटब्ल्याक बाह्य सजावतलाई सुहाउँदो न्यूनतम आन्तरिक टच सहित फाइभजी होटल, आफैमा एउटा क्लासी क्याविन झैँ देखिन्छ । तर, ती भन्दापनि बढी यस भित्र उपलब्ध गरिएका सेवा सुविधाले यसको पहिचान अझ फराकिलो बनाएको छ । 

होटलको विलाशी वान बेडरुम स्विट फाइभजी क्लाउड गेमिङ, बफर रहित स्ट्रिमिङ, ईमर्सिभ एआर एप्स र स्मार्ट मिरर लगायत अत्याधुनिक स्मार्ट होम फिचर्सबाट सुसज्जित रहेका छन् । साथै एचओटीएमा फाइभजी होटलका पाहुनाहरु ग्लो फेस्टिवल, फार्मर्स मार्केट, डान्सिङ अन द ग्रीन र गोल्ड कोस्टको ईस्टेडफुड लगायत अष्ट्रेलियाको मौलिक तथा सर्वाधिक ठूलो परफर्मिङ आर्ट्स शोको पनि मज्जा लिन सकिन्छ ।

ओपो फाइभजी होटलबारे जानकारी
बुकिङ : सन् २०१९ अगष्ट १ देखि ३० तारिक
मूल्य : दूई जनाका लागि अष्ट्रेलियन डलर १५० प्रति रात
स्थान : एचओटीए द गोल्ड कोस्ट
 

5d4be7b7b34d9.jpg 5d4be7b979de8.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको