Like us!
Follow us!
Connect us!
Watch us!

छुट्ला है हिमाल दोलखाको आइपिओ भर्न, आज अन्तिम दिन (भिडियो जानकारी सहित )

मिलन खड्का

शुक्रबार, २४ साउन २०७६, १० : ३० मा प्रकाशित

अर्थ संसार, काठमाडौं– हिमाल दोलखा हाईड्रो पावर कम्पनी लिमिटेडले सर्वसाधारणको लागि छट्याएको ७४ लाख ९३ हजार ७ सय ६६ कित्ता शेयर
निष्कासित शेयरको भर्ने समय आज (साउन २४ गते ) सकिदै छ।  

आगामी आर्थिक वर्षदेखि नै कम्पनी नाफामा गई शेयरधनीहरुलाई लाभांश दिन सक्ने भएको हुँदा सर्वसाधारण लगानीकर्ताहरुको लागि लगानीको राम्रो अवसर रहेको यस कम्पनीमा प्रति शेयर  १००/– का दरले भुक्तानी गर्नु पर्ने यस शेयरमा न्युनतम १० कित्ता देखि अधिकतम १ लाखकित्ता सम्म आवेदन दिन सकिने छ । उक्त निष्कासनबाट प्राप्त हुने सम्पूर्ण आम्दानी रकम बैंकको कर्जा तिर्न उपयोग गरिने छ ।

हिमाल दोलखा हाईड्रोपावर कम्पनी लिमिटेड इलाम जिल्लाको इलाम नगरपालिका वडा नं. ९, १० र माई नगरपालिका वडा नं ९ मा रहेको छ ।

कम्पनीसँगमाई खोला साना जलविद्युत आयोजना (४.५ मेगावाट) र माई खोला साना क्यासकेड जलविद्युत आयोजना (८ मेगावाट) दुवै आयोजनाहरु क्रमशः मिति २०६७र११र०१ गते तथा मिति २०७४/१२/२६ गतेदेखि ब्यापारीक उत्पादन शुरु भैसकेको ब्यहोरा अनुरोध छ ।

यस कम्पनीले KBNR इशुवापावर लिमिटेड (९७.२ मेगावाट) मा १९५ शेयर लगानी गरेको छ । उक्त आयोजनामा प्रति मेगावाट लागत १० करोड रहेको र सोबाट प्रति मेगावाट ४.३५ करोड आम्दानी हुने छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको