Like us!
Follow us!
Connect us!
Watch us!

सान्जेन जलविद्युतको शेयर रजिष्ट्रारमा सनराईज क्यापिटल

मिलन खड्का

शुक्रबार, २४ साउन २०७६, १४ : ०१ मा प्रकाशित

सान्जेन जलविद्युतको शेयर रजिष्ट्रारमा सनराईज क्यापिटल

अर्थ संसार, काठमाडौं – सान्जेन जलविद्युत कम्पनी लिमिटेडको शेयर रजिष्ट्रारमा श्री सनराईज क्यापिटल लिमिटेड नियुक्त  गरेको छ । 

सान्जेन जलविद्युत कम्पनीको संचालक समितिको निर्णय अनुसार कम्पनीकोे धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरवालाहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि श्री सनराईज क्यापिटल लिमिटेडलाई नियुक्ति गरेको हो। 

हाललाई सर्वसाधारण शेयरको मात्र कारोवार गर्न सकिनेछ , संस्थापक शेयर धनी, संस्थाका कर्मचारीहरु, ऋणदाता संस्थाका कर्मचारीहरु तथा संचयकोषका संचयकर्ता/ कर्मचारीहरुको शेयर ३ बर्ष सम्म खरिद बिक्रि नहुने गरी लकिङ्ग व्यवस्था रहेको सान्जेन जलविद्युत कम्पनी लिमिटेडले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको