Like us!
Follow us!
Connect us!
Watch us!

सूर्या लाइफको १० : ७ हकप्रद भदौं ८ गतेदेखि

अर्थ संसार

आइतबार, २६ साउन २०७६, ०७ : ४१ मा प्रकाशित

सूर्या लाइफको १० : ७ हकप्रद भदौं ८ गतेदेखि

अर्थ संसार, काठमार्डौं - सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले भदौ ८ गतेदेखि १० बराबर ७ अनुपातमा हकप्रद शेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ ।

कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यका ८८ लाख ७४ हजार ९६ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

सो हकप्रद सेयरमा साउन २८ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा कारोबार भई कायम साबिक सेयरधनीले आवेदन दिन सक्नेछन् ।

निष्कासन बन्द असोज १२ गते हुनेछ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल लिमिटेड रहेको छ ।

सेयरधनीले एनआइसी एसिया क्यापिटल, सूर्या लाइफ इन्स्योरेन्सका शाखा कार्यालय र सि–आस्बा सदस्यता लिएका बैंक तथा वित्तीय संस्थाबाट सि–आस्बा प्रणालीमार्फत सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन् ।

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब २६ करोड ७७ लाख २८ हजार रहेको छ । हकप्रद शेयर निष्कासन तथा बाँडफाँडपश्चात् कम्पनीको चुक्ता पुँजी २ अर्ब १५ करोड ५१ लाख ३७ हजार ६ सय पुग्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको