Like us!
Follow us!
Connect us!
Watch us!

लगानीकर्ताले रसुवागढीमा २६ प्रतिशत र सान्जेनमा २२ प्रतिशतले गुमाए

अर्थ संसार

आइतबार, २६ साउन २०७६, ०७ : ५९ मा प्रकाशित

लगानीकर्ताले रसुवागढीमा २६ प्रतिशत र सान्जेनमा २२ प्रतिशतले गुमाए

अर्थ संसार, काठमाडौं-गत साता मात्र सूचीकृत भएको रसुवागढी हाइड्रोपावर र सान्जेन जलविद्युत् कम्पनीको शेयरमूल्य सर्वाधिक घटेको छ ।

रसुवागढीको शेयरमूल्य गत साता २६ दशमलव ७१ प्रतिशत र सान्जेनको २२ दशमलव ४९ प्रतिशत घटेको छ ।

गत साता यी दुवै कम्पनीमा बिक्री चाप बढिरहेको थियो । सूचीकृत भएको पहिलो कारोबार दिन नै सेयरमूल्य घटेपछि बिक्री चाप बढेको थियो ।

त्यसैगरी, लुम्बिनी विकास बैंक, सामुदायिक लघुवित्त वित्तीय संस्था, इन्फिनिटी लघुवित्त वित्तीय संस्था, सिभिल लघुवित्त वित्तीय संस्था, गणपति लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था, ग्रामीण विकास लघुवित्त वित्तीय संस्था र नेपाल सेवाको शेयरमूल्य १० प्रतिशतभन्दा बढी घटेको छ ।

कारोबारमा आएको गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य ६ दशमलव १९ प्रतिशत बढेको छ भने स्वाभिमान लघुवित्त वित्तीय संस्थाको ४ दशमलव ७६ प्रतिशत बढेको छ । अन्य कम्पनीको सेयरमूल्य वृद्धिदर ४ प्रतिशतभन्दा कम रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको