Like us!
Follow us!
Connect us!
Watch us!
तस्विरमा हेरौं, वार्षिक साधारणसभाका केही झलकहरु

लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालले लगानीकर्तालाई ७० प्रतिशत लाभांश

आइतबार, २६ साउन २०७६, १५ : ०८ मा प्रकाशित

लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालले लगानीकर्तालाई ७० प्रतिशत लाभांश

अर्थ संसार, काठमाडौं -  लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल (एलआइसी नेपाल)ले लगानीकर्तालाई ७० प्रतिशत लाभांश दिने भएको छ ।

कम्पनीको शुक्रबार सम्पन्न १७औँ वार्षिक साधारणसभाले आव ०७४/७५ को वासलात र आय–व्यय विवरणलगायत प्रतिवेदन पारित गर्दै मुनाफाबाट सेयरघनीलाई ३४.४६ प्रतिशत बोनस सेयर र ३५.५४ प्रतिशत नगद लाभांश र गरी ७० प्रतिशत लाभांश पारित गरेको हो ।

आव ०७४/७५ मा कम्पनीले १ लाख ३३ हजार ३० ९ नया“ बिमालेख बिक्री गरी प्रथम बिमाशुल्क आम्दानीबापत २ अर्ब ८८ करोड ८९ लाख रुपैयाँ संकलन गरेको सभामा जानकारी दिइयो ।

असार मसान्तसम्म कम्पनीमा कुल चालू बिमालेख ७ लाख ३४ हजार ६ सय ८ र जीवन बिमा कोषमा ४२ अर्ब २३ करोड ३४ लाख रुपैयाँ रहेको कार्यक्रममा बताइयो ।

आव ०७४/७५ मा कम्पनीको कुल जीवन बिमा कोष २५.८५ प्रतिशत, प्रथम बिमाशुल्क आर्जन ९.७० प्रतिशत, लगानी २१.७६ प्रतिशत र आम्दानी ५५.६७ प्रतिशतले वृद्धि भएको सभामा जानकारी दिइयो ।

आव ०७५/७६ मा पनि कम्पनीको प्रथम बिमाशुल्क आर्जनमा ४६.३६ प्रतिशतले वृद्धि भएको कम्पनीका अध्यक्ष एमआर कुमारले जानकारी दिए । सो अवधिमा कम्पनीले कुल बिमाशुल्क १३ अर्ब ४१ करोड १७ लाख रुपैयाँ आर्जन गरेको समेत उनले जानकारी दिए ।

कम्पनीको आव ०७५/७६ को वार्षिक साधारणसभा पनि यथासक्य चाँडो सम्पन्न गरिने र लगानीकर्तालाई उच्च प्रतिफल प्रदान गर्ने अध्यक्ष कुमारको भनाइ थियो ।

अन्य तस्विरको लागि यहाँ क्लिक गर्नुहोस्

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको