शनिबार, ११ माघ २०७६
पोलियोले नरोकिएका पाइला.. (भिडियो)
आइतबार, ०५ असोज २०७६

-मिलन खड्का 

सुरुवात कसरी गर्ने र लेख्दै गर्दा के निचोड निकाल्ने थाहा छैन। किन कि यो कथा होइन ,यो यथात हो।रहरले दोराएको छैन, बाध्यताले अघि बढाएको हो।यी शब्द हाम्रै समाजको एक पात्रको लागि जो अहोरात्र खटिएको छ। तर बिडम्बना उसको खटाईले उ आफू न बदलिन सक्छ न उसले समाजलाई बडल्न सक्छ, न समाजले उसलाई हेर्ने दृस्ट्रीकोण परिवर्तन गर्न नै सक्छ। 

बाध्यताले उसलाई गौशालाको बीच बाटोमा पानीको बोटल बेचेर हिड्न बाध्य तुलाएको छ। राती बचेको भुटेको भातले पेट भर्दै , निस्किन्छ उ आफ्नो खुट्टा घिसार्दै किनकि उसलाई पोलियोले शाररिक रुपमा बच्चैमा अस्वस्थ बनाई सक्यो। 

बिच बाटोमा रोकिएका गाडीलाई पानी बेच्दै हिडने एक पात्रबाट समाजले के नै सिक्ने र ? सडक दुर्घटनाको जोखिम र ट्राफिकको गाडी रोक्ने इशारालाई आफ्नो कुर्दै, घिसरिने एउटा अल्ल़ारे केटोको दिन चरियालाई व्यबसाय भन्न पनि मिल्दैन।  
उ जे गर्दै छ , यो कसैको लागि प्रेरणाको श्रोत हुन पनि हुदैन। धेरैलाई पानी खुवाएर केहि धर्म निभाएको छ। उसले आफ्नो आमाको  दु:खको टोकरीबाट एक टुक्रा दु:ख आफूले खाएको छ । सायद छोरा हुनुको कर्म निभाएको छ।           

             

Copyright © 2020 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved