Like us!
Follow us!
Connect us!
Watch us!

रिलायन्स लाईफइन्स्योरेन्स र खल्ती डिजिटल वालेटबीच सम्झौता, अब मोबाईलबाटै बीमाशुल्कतिर्न सकिने

अर्थ संसार

आइतबार, २६ साउन २०७६, १९ : ०६ मा प्रकाशित

रिलायन्स लाईफइन्स्योरेन्स र खल्ती डिजिटल वालेटबीच सम्झौता, अब मोबाईलबाटै बीमाशुल्कतिर्न सकिने

अर्थ संसार, काठमाडौं– रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेड र खल्ती डिजिटल वालेट बीच डिजिटल माध्यममार्फत बीमा शुल्क भुक्तानी सुविधा उपलब्ध गराउन सम्झौता सम्पन्न भएको छ ।

सम्झौता पछि रिलायन्स लाईफ इन्स्योरेन्सका ग्राहकले अब आफ्नो मोबाईलमा रहेको खल्ती एपमार्फत सिधै बीमा शुल्क भुक्तानी गर्न सक्नेछन् । ग्राहकले आफ्नो बीमा शुल्क खल्तीवालेटमा भएको ब्यालेन्स अथवा इन्टरनेट बैंकिङ र मोबाईल बैंकिङ मार्फत सहजै बुझाउन सक्नेछन् ।

उक्त सम्झौताको बारेमा बोल्दै रिलायन्स लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले भन्नुभयो,-“हामीले नेपालमा जीवनबीमा सेवालार्ई पुनर्परिभाषितगर्न खोज्दैछौँ । खल्तीसँग यस प्रकारको सहकार्य गरी बीमा शुल्कको डिजिटल भुक्तानी सेवा सुरु गर्न पाउँदा हामी उत्साहित छौँ ।

अब रिलायन्स लाईफ इन्स्योरेन्सका ग्राहकहरुले खल्ती एपप्रयोग गरेर आफ्नो मोबाईलबाट सिधै बीमा शुल्क तिर्न सक्नुहुन्छ । डिजिटल माध्यमबाट यसरी बीमा शुल्क तिर्दा ग्राहकहरुको सजिलै अन्लाईन रेकर्ड रहने हुँदा अनिय मितता रोक्न पनि मद्दत पुर्याउँछ । डिजिटल भुक्तानी सेवाले ग्राहकहरुलाई सुविधा पुर्याउनुका साथै इन्स्योरेन्स उद्योगलाई पनिफाइदा पुर्याउने कुरामा हामी विश्वस्त छौँ ।”

त्यस्तै, खल्तीमार्फत जीवन बीमाको भुक्तानी सेवा सुचारु गर्न लागेको अवसरमा खल्तीका प्रवन्ध निर्देशक मनिष मोदीले भन्नुभयो,
“हामी रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडसँग यो सम्झौता गर्न पाउँदा उत्साहित छौँ ।

अब रिलायन्स लाईफ इन्स्योरेन्सका ग्राहकहरुले आफ्नो बीमा शुल्क भुक्तानी गर्न इन्स्योरेन्स कम्पनीको अफिस वा बैंक धाइ राख्नु पर्दैन । उहाँहरुले आफ्नो मोबाईलमा खल्ती एप इन्स्टल गरी सजिलै बीमाशुल्क भुक्तानी गर्न सक्नुहुनेछ ।

नगद पैसाबिनाको सरल भुक्तानीको यो एउटा सुरुवात हो । यो पार्टनरशिप सँगै हामीले नगदपैसा बिनाको नेपालको लागि एउटा अर्को पाइला अगाडी सारेका छौँ जस्तो लागेको छ ।”

आज मानिसको हातहातमा मोबाइल छ । डिजिटल भुक्तानी फस्टाउँदो क्रममाछ । नेपाल दूरसंचार प्राधिकरणको नयाँ तथ्याङ्क अनुसार नेपालमा मोबाईल सेवाको पहुँच १३६ प्रतिशत भन्दा धेरै छ र ६४ प्रतिशत जनसंख्याले तीब्र गतिको ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रयोग गर्छन् ।

त्यस्तै, नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार ७० लाख नेपालीहरुले मोबाईल बैंकिङ सेवा र करीब ९ लाखले इन्टरनेट बैंकिङ सेवाप्रयोग गर्छन् । यस्तो अवस्थामा खल्ती र रिलायन्स लाईफ इन्स्योरेन्सले सुरुवात गरेको डिजिटल इन्स्योरेन्स भुक्तानी सेवाले धेरै महत्व राख्दछ ।

रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडको स्थापना सन् २०७४ साल मङ्सिर १ गते भएको हो । स्थापनाकालदेखि हालसम्म गुणस्तरीय सेवा र व्यवसायिकताका कारणले कम्पनीले ग्राहकको सन्तुष्टि जित्न सफलभएको छ ।

कम्पनीको जारी पुँजी २ अर्व १० करोड र चुक्तापूँजी १ अर्ब ४७ करोड रहेको छ । रिलायन्स लाइफ इन्स्योरेन्सले हाल ८८ वटा शाखा/उप शाखा कार्यालयबाट सेवाप्रदान गर्दै आएको छ र बीमा सेवामा नेपाली जनताको पहुंच बढाउन शाखा विस्तारको क्रमलाई निरन्तर अघि बढाइ रहेको छ ।

त्यस्तै, सन २०१७, जनावरी २६ बाट नेपाली बजारमा आरम्भ भएको खल्ती, एक उदयमान र रुचाइएको पेमेन्ट गेटवे हो । खल्तीको मोबाईल एपतथा वेबसाइट प्रयोग गरी मोबाइल रिचार्ज, बिजुली र पानीको बिलभुक्तानी, इन्टरनेट तथा डीटीएचको बिलभुक्तानी, बिमाशुल्क भुक्तानी, फिल्म टिकेटिङ, प्लेन टिकेटिङ, इभेन्ट्स टिकेटिङ, होटेल रुम बुकिङ आदिगर्ने, इ–कमर्स मार्फत किनिएको सामानको भुक्तानी, दैनिक पत्रिकाहरुको ग्राहक-शुल्कतिर्ने जस्ता अन्यथुप्रै सेवाहरु लिन सकिन्छ । हाल खल्ती प्रयोगकर्ताहरुको संख्या ८ लाख भन्दा बढि रहेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको